काठमाण्डौँ — नेपाल–चीन दुई पक्षीय परामर्श संयन्त्रको बैठकमा रेल र चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणबारे छलफल भएको छ ।
बैठकमा यसअघि दुई देशबीचमा भएका सम्झौताको कार्यान्वयनको समीक्षा पनि गरिएको बेइजिङस्थित नेपाली दूतावासका मिनिष्टर काउन्सिलर हरिश्चन्द्र घिमिरेले बताए ।
विशेष गरेर प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला भएको चिनियाँ रेललाई नेपालसम्म लैजाने सम्झौता, दुई देशबीचको सडक सञ्जाल, नेपालमा चिनियाँ लगानी, नेपालमा चिनियाँ पर्यटनको प्रवर्धनलगायतका विषयमा छलफल भएको थियो। केही महिना अगाडि दुई देशबीचमा भएको यातायात तथा पारवहन सम्झौता लगायतमा विषयमा पनि छलफल भएको छ।
बैठकमा नेपाली पक्षको नेतृत्व सचिव वैरागी र चिनियाँ पक्षको परराष्ट्र मन्त्रालयका उपमन्त्री खोङ सुआनयौले गरेका थिए।
—कान्तिपुर
FACEBOOK COMMENTS