काठमाडौं- चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेडका उपाध्यक्ष झाङ सेनफेङले नेपाल सँगकाे व्यापार बढाउन चीन तयार गरेकाे बताएका छन् ।
नेपालउद्योग परिसंघ र सीसीपीआईटीको संयुक्त आयोजनामा आयोजित “नेपाल–चीन व्यापारिक फोरम”को बैठकमा चीनियाँ प्रतिनिधि मण्डलको नेतृत्व गरेका सेनफेङ यस्तो बताएका हुन् ।
संयुक्तरुपमा वेल्ट एन्ड रोड इनिसिएटिभ परियोजनालाई अगाडि बढाउन, दुई देशबीच रेल्वे, पारवहन, ऊर्जा, पर्यटन इत्यादि क्षेत्रमा विगतमा गरेका सहमति, समझदारीकै कार्यान्वयनको सन्दर्भमा आफूहरु नेपाल आएको उनले बताए ।
यस्तो फोरमले दुवै देशका उद्यमीलाई आपसी सहयोगको क्षेत्रको आदानप्रदानको लागि मार्गप्रशस्त गर्दै प्लेटफर्म निर्माण भएकोमा खुसी व्यक्त गरे । यसलाई बढी प्रभावकारी बनाउन द्विपक्षीय व्यापारको दायरालाई निरन्तर रुपमा बढाउनु पर्ने, लगानी सहयोगलाई अन्य विस्तृत गर्नु पर्ने र व्यापार प्रवद्र्धन संस्थालाई अझ बढी सक्रिय भूमिका खेल्न दिनु पर्ने बताए ।
उक्त अवसरमा परिसंघ अध्यक्ष हरिभक्त शर्माले नेपालमा पूर्वाधार, जलविद्युत् र हल्का उत्पादन उद्योगहरु लगायत सेवा क्षेत्रका उद्योगहरुमा लगानी आकर्षित गर्ने प्रचुर सम्भावना रहेको बताए ।
FACEBOOK COMMENTS