काठमाडौं, चैत २५ – नेपाल पत्रकार महासंघको निर्वाचनमा प्रदेश १ मा १४८६ मत खसेको छ । प्रदेशका ८ जिल्लाका १६१५ मतदातामध्ये १४८६ जनाले मतदान गरेको हुन् । जसमध्ये मोरङमा २०६ मतदातामध्ये १९७ मत खसेको छ भने ताप्लेजुङमा ६० मतदातामध्ये ५३ मत खसेको छ । त्यस्तै सुनसरीमा २६२ मध्ये २४८ मत खसेको छ ।
धनकुटामा १५५ मा १२२ मत खसेको छ भने झापामा २६३ मा २५६ मत खसेको छ । त्यस्तै पाँचथरमा ८२ मत खसेको छ । त्यहाँ मतदाता संख्या ८५ रहेको थियो । उता इलाम र उदयपुरमा क्रमशः १५५ र ९६ मत खसेको छ । इलाममा १७५ र उदयपुरमा १०१ जना मतदाता रहेका थिए ।
त्यस्तै तेह्रथुममा ८२ मतदातामध्ये ६८ मत खसेको छ भने भोजपुरमा ४६ मतदातामध्ये ३८ मत खसेको छ । यता, सोलुखुम्बुमा ६६ जना मतदातामा ६० जनाले मतदान गरेका छन् । ओखलढुंगामा ५० मध्ये ४७ मत खसेको छ । खोटाङमा २६ मतदातामध्ये २६ मत खसेको छ भने संखुवासभामा ३९ मतदातामा ३६ मत खसेको छ ।
FACEBOOK COMMENTS