काठमाडौं, माघ २१ – नेपाल बङ्गलादेश बैंकले बिभिन्न पेशामा कार्यरत पेशागत ब्यक्तिहरुलाई लक्षित गरी स–साना ब्यक्तिगत आवश्यकता परिपूर्ति गर्नका लागि डीसी कार्ड योजना ल्याएको छ ।
यस योजनाअन्तर्गत ग्राहकहरुले एउटै खाताबाट कर्जा तथा बचतको सुबिधा पाउन सक्ने जानकारी गराएको छ । यस योजनामा ग्राहकहरुले कर्जाको सीमा अन्तर्गत रही रकम उपयोग गर्न पाउनेछन् ।
साथै सीमा बाहेकको रकम उक्त खातामा जम्मा गर्दा उक्त रकममा बचत खाताको ब्याज पनि प्राप्त गर्न सक्नेछन् ।
FACEBOOK COMMENTS