काठमाडौं, माघ २७ – नेपाल बङ्गलादेश बैंकले ‘किसान कृषि लोन कार्ड’ योजना शुरू गरेको छ । नेपाल बङ्गलादेश बैंक, आर एण्ड डि. इनोभेटिभ सोलुसन प्रा.लि. मकवानपुरगढि गाँउपालिका र मकवानपुरगढि गाउँपालिका सहकारी समन्वय समितिबीच सहकार्यमा उक्त किसान कृषि लोन कार्डको योजना ल्याएको हो ।
मकवानपुरगढि गाँउपालिका स्थित कृषकहरुले पशुपालन, पन्छिपालन तथा तरकारी-फलफुल उत्पादन मुलक कृषि व्यवसाय/उद्यम गर्नका निमित्त आवश्यक वित्तीय, प्रावधिक, बजार व्यवस्थापन तथा विभिन्न भुमिका समन्वय गरी साना स्तरका कृषकलाई व्यवसायीक कृषिमा व्यवस्थित गर्ने उद्देश्यले उक्त सम्झौता भएको हो ।
उक्त सम्झौतामा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठ र सहायक महाप्रबन्धक सलोनिका सिंह, आर एण्ड डि. इनोभेटिभ सोलुसनको तर्फबाट सुनिता न्हेम्हाफुकी, मकवानपुरगढि गाँउपालिकाको तर्फबाट गाँउपालिका अध्यक्ष विदुर हुृमागाई र मकवानपुरगढि गाउँपालिका सहकारी समान्वय समितिका सह संयोजक कल्पना श्रेष्ठले चौ-पक्षिय सम्झौता गरेका थिए ।
हालसम्म बैंकले ९९ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ८२ वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको जानकारी गराएको छ ।
FACEBOOK COMMENTS