वीरगञ्ज । आयातनिर्यातका हिसाबले मुख्य नाकास्थित वीरगञ्ज भन्सारबाट चालू आर्थिक वर्ष ९आव० २०७८र७९ को पहिलो चौमासिक अवधिमा भारतसितमात्रै करीब सवा खर्ब रुपैयाँ व्यापारघाटा भएको छ ।
वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालू आवको साउनदेखि कात्तिक महीनासम्ममा भारतसितको आयातनिर्यात व्यापारको आँकडा १ खर्ब २० अर्ब रुपैयाँबराबरको नोक्सानीमा देखिएको हो ।
बितेको ४ महीनामा भारतबाट वीरगञ्ज भन्सार हुँदै १ खर्ब ५८ अर्ब रुपैयाँबराबरको बस्तु आयात भएको छ । यही अवधिमा भारततर्पm भने ३८ अर्ब रुपैयाँबराबरको मालसामान निकासी भएको वीरगञ्ज भनसारको सूचना तथा प्रविधि शाखाको तथ्यांकले देखाउँछ ।
भारत नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार पनि हो । नेपालले गर्ने आयातमा सबैभन्दा बढी परिमाण भारतबाटै आउँछ । निकासीसमेत भारतमै हुने वीरगञ्ज भन्सारका प्रमुख भन्सार अधिकृत हरिहर पौडेल बताउँछन् ।
वीरगञ्ज भन्सारमार्पmत भएको आयातनिर्यातमा भारतसितको व्यापारघाटा कुल घाटाको करीब ६५ प्रतिशत हो । चालू वर्षको पहिलो ४ महीनामा वीरगञ्ज नाकाबाट कुल व्यापारघाटा १ खर्ब ८५ अर्ब रुपैयाँबराबर छ ।
यस अवधिमा यो भन्सार हुँदै कुल वैदेशिक व्यापार २ खर्ब ६४ अर्ब रुपैयाँको भएको थियो । २ खर्ब २४ अर्ब रुपैयाँको आयात हुँदा निर्यात ३९ अर्ब ५६ करोड रुपैयाँबराबर छ । भन्सारको तथ्यांकले निकासीको सबैभन्दा ठूलो बजार पनि भारत नै भएको देखाएको छ । यो भन्सारबाट ४ महीनामा भएको कुल निकासीमध्ये ९६ प्रतिशत भारतमै गएको देखिन्छ ।
भारतपछि दोस्रो ठूलो व्यापार साझेदार चीनबाट यो अवधिमा १३ अर्ब रुपैयाँको मालसामान भित्रिँदा १ करोड ३० लाख रुपैयाँको निर्यात भएको आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS