काठमाण्डौँ — नेपाल–भारत उर्जा सचिवस्तरीय संयुक्त स्थायी समिति (जेएससी) ले दुई देशबीच इनर्जी बैंकिङको सहमतिलाई अनुमोदन गरेको छ ।
पोखरामा बिहीबार भएको जेएससी बैठकले गत महिना नयाँदिल्लीमा भएको नेपाल–भारत ऊर्जा आदानप्रदान समितिको १३ औं बैठकमा भएको सहमति अनुमोदन गरेको हो ।
उक्त सहमतिलाई पोखरा बैठकले अनुमोदन गरेपछि कार्यान्वयन गर्ने बाटो खुलेको छ ।
नेपालकातर्फबाट उर्जा सचिव दिनेशकुमार घिमिरे र भारतीय समकक्षी अजयकुमार भल्लाले सहमतिमा हस्ताक्षर गरे ।
यसअनुसार अब नेपाल र भारतबीच बिजुली साटासाट हुनेछ ।
नेपालले बर्खायाममा भारतलाई बिजुली दिनेछ भने हिउँदमा भारतबाट आयात गर्नेछ ।
दुबै देशको माग र आपूर्तिका आधारमा इनर्जी बैंकिङ प्रणालीमा जान राजी भएको ऊर्जा, जलस्रोत, सिंचाइ सचिव घिमिरेले बताए । ‘
— कान्तिपुर
FACEBOOK COMMENTS