नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण बर्ष घोषणा गरेसँगै नेपाल भ्रमण बर्षको चर्चा चुलिँदो छ । भ्रमण बर्ष –पर्यटन सम्बद्ध तालुकात सरकारी निकाय र पर्यटन ब्यवसायीका अलवा पनि सरकारका अन्य निकायहरु, हस्तकलाजन्य सामाग्री उत्पादक लगायतका सरोकारवाला बिच गन्थन मन्थन, बहस, बसिबियालो, ब्यापार, भोज, भत्ता, नियुक्ती, भ्रमण, मित्रता, सौदा आदी गर्ने अस्त्र बन्न पुगेको छ । अहिले नेपाल भ्रमण बर्षको घोषणा पश्चात दिनहु जसो कहि न कहि, कतै न कतै–सभा, सम्मेलन, गोस्ठी, बैठक आदी हुँदै आएका छन् । सभा, सम्मेलन र गोष्ठी कार्यक्रममा भाग लिनेहरु मध्ये आयोजक संस्था र तीनका परिवारका सदस्य वा निकटवर्ती वाहेक एकाध नयाँ मान्छेको उपस्थिती हुने र बढि जसो अनुहार दोहोरिने गरेको पाईन्छ । यस्ता कार्यक्रममा खानपिनको ब्यवस्था हुनु त सामान्य नै हुने भयो । बजेट पुगेसम्म फाईभ, फो कि त थ्री स्टार होटेल वा रिसोर्ट अन्यथा गक्षले भेटेसम्मको भेन्यु तय गर्ने चलन नै बनेको छ । कतिपयले त झन प्रचारमा आउने लालसा, सरकारी रकम हत्याउन काम गरेको देखाउन, दातृ निकाय वा आईएनजिओको डलर पचाउन र अरु भन्दा हामी पनि के कम भन्ने भावनाका साथ विना तयारी नै यस्ता कार्यक्रमको आयोजना गर्ने गरेको देखिन्छ । यस्ता काममा सरकार पक्ष र सामाजिक प्रकृतिका गैर सरकारी संघ संस्थाहरु नै अग्रसर रहदै आएको पाईन्छ ।
यसको सट्टा देशको पूर्वाधार निर्माणमा काम गर्न सकेको भए त्यसले ठुलो प्रतिफल दिने थियो । पर्यटन ब्यवसाय आँफैमा पूर्वाधारमा आधारित उद्योग हो । सडक, हवाई र हस्पिटालिटी यसको प्रमुख आधार हो । त्यस्तै, भाषागत गाईड, ईन्टरनेट, प्रविधी, प्रचार सामाग्री, कर्पोरेट विज्ञापन, कर्पोरेट डिल जस्ता बिषय पर्यटन विकासका लागि उत्तिकै अत्यावश्यक मानिन्छ । तर नेपालको पर्यटन क्षेत्रले भोग्दै आएको समस्या भनेकै पूर्वाधार, शिप वा दक्ष जनशक्ति र प्रविधी मुख्य रहेका छन् । नेपालका अधिकांश सडकको अवस्था हेर्ने हो भने निकै नाजुक छ । हाम्रा राजमार्गहरु साघुँरा र धुलाम्य कि त हिलाम्य छन् । त्यस्तै, हामी संग एक अन्र्तराष्ट्रिय एअर पोर्ट, त्यो पनि सुरक्षाका दृष्टि र क्षेत्रफलका आधारमा निकै साँघुरो छ । पर्यटन तथा हस्पिटालिटी क्षेत्रका ब्यवसायी र कर्मचारीमा भाषागत समस्या छ । हाम्रोमा उपलब्ध हुने इन्टरनेट सेवा तुलनात्मक रुपमा महँगो हुनुका साथै त्यति भरपर्दो देखिदैन । आखिर यस्तो अवस्थामा कसरी बाहय पर्यटक आकर्षित होलान र ? कथम कदाचित पर्यटकहरु आईहाले भने पनि विश्व समुदाय माझ कस्तो सन्देश जाला । त्यस माथि भिजिट नेपाल २०२० को तयारी हेर्दा यस्तो लाग्छ कि, यो घोषणा गर्नै हतारो गरियो । किनकी भ्रमण बर्ष शुरु हुन केही दिन मात्र बाँकी छ तर हामीकोमा पर्यटक मैत्री आवश्यक पूर्वाधार छैन । हामीले २० लाख पर्यटक भित्राउने लक्ष्य लिईराख्दा २० लाख पर्यटक नेपालबाट फर्किएर जादाँ के सन्देश लिएर जान्छन् र भोलीको दिनमा पून ः घुम्न आउने वा अरुलाईं पनि उत्साहित बनाउने अवस्था रहला वा नरहला यस माने स्पष्ट बहुमतको सरकारले जनतालाई काम र कार्यक्रम देखाउन हतारो गरेको प्रतित हुन्छ ।
हामीले २० लाख पर्यटक भित्राउने लक्ष्य लिईराख्दा २० लाख पर्यटक नेपालबाट फर्किएर जादाँ के सन्देश लिएर जान्छन् र भोलीको दिनमा पून ः घुम्न आउने वा अरुलाईं पनि उत्साहित बनाउने अवस्था रहला वा नरहला यस माने स्पष्ट बहुमतको सरकारले जनतालाई काम र कार्यक्रम देखाउन हतारो गरेको प्रतित हुन्छ ।
जस्तो, हाम्रो पूर्वाधार र पर्यटकले पाउने सुबिस्ता कस्तो छ, कति अवधी भित्रमा हाम्रा राजमार्गहरु गूडन लायकको बनाउन सकिन्छ । पर्यटक भित्राउन सक्ने ब्यवसाय र ब्यवसायीको स्थिति के कस्तो छ ? र सुधार गर्नुपर्ने भए कतिसम्म लागतमा तयारीगत लगानी गर्न आवश्यक छ । इन्टरनेट सेवा अझ सस्तो र सुलभ कसरी बनाउने र विश्वसँगको डिजिटल सम्बन्धलाई थप सहज कसरी बनाउने भन्ने तयारी नपुगेको अवस्था छ । अर्को तर्फ, नेपाली खानालाई विश्व समुदाय माझ परिचित गराउदै अन्र्तराष्ट्रियकरण गर्ने सवालमा पनि हामी चुकिरहेका छौ । यसका लागि हामीसँग सिमित दक्ष जनशक्ति छ । ती दक्ष जनशक्तिको पहिचान बेलैमा हुनुपर्ने हो । तर यहाँ पर्यटन बोर्डका कर्मचारीहरु विगत लामो समय देखी सामान्य ट्रेनि कि त राजनीतिक पहूंचवाला को काध थाप्दैमा मस्त रहदै आएको स्थित छ । अर्को तफ, भिजिट नेपाल २०२० को लोगोको प्रयोगले ब्यापकता भने पाएको छ । प्रचार प्रसार ब्यापकता पाएकोे छ । मुलधारका प्रिन्ट, ईलेक्ट्रोनिक र डिजिटल मिडिया, सभा, गोष्ठी, सम्मेलन, बार्षिकोत्सव, खेल कार्यक्रम, सम्मान कार्यक्रम आदीमा यस लोगोको प्रयोग गर्ने होड नै चलेको छ । बोर्डले दामासाही हिसाबले चिनजान र पहँुचका आधारमा रकम बाड्ने, खाजा बाड्ने, हल उपलब्ध गराउने देखी रकम भुक्तानी दिनेसम्मका काम गर्दै आएको छ भने केही महिना अघि मात्र गठित सचिवालयको काम कार्वाही चाहि यो भन्दा तैबिशेक रहेको देखिन्छ । भ्रमण बर्ष २०२० को राष्ट्रिय संयोजकमा अति ब्यस्त तथा अन्र्तराष्ट्रिय सम्बन्ध र अंग्रेजी भाषामा दख्खल राख्ने हेविभेट ब्यवसायीलाई नियुक्ती दिईदा अन्र्तराष्ट्रियकरण हुने अवसर पाउनुका साथै सायद फजुलको भेटघाट र दामासाही खर्च गर्ने काम चाहि अवश्य नै कम भयो । यता सदस्य सचिवको नियुक्ती ढिलो गरि भयो । उनले खासै काम देखाउने अवसर नै पाएनन् । हवाई दुर्घटनामा परि पर्यटन मन्त्री रबिन्द्र अधिकारीको निधन पश्चात मन्त्रालयले महिनौसम्म क्याबिनेट मन्त्री नै पाएन । यसबाट पनि केही कठिनाई उत्पन्न भएकाले तयारीमा सुस्तता छाउन पुग्यो । कम्तिमा हामीले नेपाल भ्रमण बर्ष घोषणा गर्नु पूर्व हाम्रो क्षमता र स्थितिबोध गर्नुपथ्र्याे। कम्तिमा ३ वर्ष तयारीका लागि छुट्याउँदा निकै राम्रो हुने थियो । हामी हाम्रो भुगोल, कला र संस्कृति आलौकिक छ भन्छौ, तर, त्यसको प्रवद्र्धन गर्ने सवालमा चुक्दै आएका छांै । यि र यस्तै अदुरदर्शिताका कारण नेपाल भ्रमण बर्ष त्यति उत्साहप्रद नहुने छाटकाट देखिन्छ । अर्थात गुणात्मक रुपमा सफल भएता पनि यसको गुणस्तर भने निम्न स्तरको रहने देखिन्छ ।
कम्तिमा हामीले नेपाल भ्रमण बर्ष घोषणा गर्नु पूर्व हाम्रो क्षमता र स्थितिबोध गर्नुपथ्र्याे। कम्तिमा ३ वर्ष तयारीका लागि छुट्याउँदा निकै राम्रो हुने थियो ।
अन्त्यमा,
अहिलेको समयमा इन्टरनेट र ग्याजेटको प्रयोगमा बढोत्तरी हुँदै गएको छ । यस सन्दर्भमा अब हामीले नयाँ पुस्तालाई अनिवार्य पर्यटन शिक्षा प्रवाह गर्नु मनाशिव देखिन्छ । किनकी यो नयाँ पुस्ताले उचित शिक्षा पाएको खण्डमा नेपालको पर्यटन क्षेत्रलाई निकै अगाडि लग्न सक्ने संभावना छ । जस्तो कि, जापानका स्कुले बालबालिकाले घडी बनाउन सक्छन् भने नेपाली बालबालिकाले पर्यटक भित्र्याउने ल्याकत किन नराख्लान र ? बालबालिका बिचको मित्रता अभिवृद्धी मार्फत नै यसलाई जोड्न सकिन्छ । हो, यसका लागि राज्य, शिक्षालय, अभिभावक आदीले लगानी गर्नुपर्छ । मुख्यत ः सडक, पथ मार्ग र हवाई क्षेत्रमा लगानी विस्तार र स्तरोन्नति आवश्यक देखिन्छ । नेपालमा ट्रेकिङ, रयाफ्टिङ, रक क्लाइम्बिङ, हिमाल आरोहणको संभावना प्रचुर रहेको हिसाबले यि क्षेत्रबाट उत्तिकै लाभ उठाउन सकिने देखिन्छ । तर विगत देखी नै प्राथमिकताको क्षेत्र कुन हो भन्ने एकिन नगरि गरिने खर्चले फजुलको काम हुँदै आएको छ । प्रचार प्रसार भन्दा पूर्वाधार निर्माणमा जोड दिनूपर्ने जस्तो सामान्य कुरामा सरकारको ध्यान नजानू यूक्ति संगत मान्न सकिन्न ।
FACEBOOK COMMENTS