अन्जनराज न्यौपाने,
तनहुँ, २९ आश्विन- नेपाल मार्शल आर्ट्स हाप्किडाे संघ तनहुँको अध्यक्षमा केहरसिहं आले( बादल) ।निर्वाचित भएका छन्। जिल्लाको सदरमुकाम दमौलीमा नेपाल मार्शल आर्ट्स हाप्किडाे संघ जिल्ला कार्य समिति गठन गरिएको छ।
गण्डकी प्रदेशकि उपाध्यक्ष तारामाया थापामगरको अध्यक्षतामा गठित उक्त नेपाल मार्शल आर्ट्स हाप्किडाे संघको गठन गरिएको थियोे । कार्यक्रमको केन्द्रिय अध्यक्ष तथा दक्षिण एसियाली हाप्किडाे महासंघका अध्यक्ष काली बहादुर घर्ती मगरको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा स्वास्थ्यकालागि र राष्ट्रकालागि खेलकुद अति नै आवश्यक रहेको बताउदै सबै खेल प्रेमीहरुको सहकार्य र सहमतिबाट उक्त संघ गठन गरिएको बताईन।
नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समितिका तनहुँ अध्यक्ष बशुन्धरा घर्ती,नेपाल मगर संघ म्याग्दे गाउँपालिका अध्यक्ष नरमाया आले, हाप्किडाे संघ गण्डकी प्रदेश सचिव प्रेम बुढामगर, हाप्किडाे संघ गण्डकी प्रदेश सदस्य तथा हाप्किडाे राष्ट्रिय खेलाडी कृति गिरीको विशेष उपस्थितिमा नेपाल मार्शल आर्ट्स हाप्किडाे संघ जिल्ला कार्य समिति गठन गरिएको छ। संघको जिल्ला समितिको अध्यक्षमा- केहरसिंह आले(बादल) रहेका छन् भने जिल्लाको उपाध्यक्षमा नरमाया आले मगर र एच. बि. मगर निर्वाचित भए कि छन।
यसैगरी समितिको सचिव सरोज बस्नेत ,कोषाध्यक्ष:- बीरबहादुर दराई रहेका छन्। जसको सदस्यहरुमा क्रमश किरणढकाल ,सदस्य राजेन्द्र घर्ती ,सदस्य,अरुण कुमार थापा, सदस्य कर्ण श्रेष्ठ निर्वाचित भएका छन्।
यसैगरी नव निर्वाचित कार्यसमितिका पदाधिकारीको सल्लाहकारमा नेपाल पे.सि,मार्सल आर्ट संघ गण्डकी प्रदेशका अध्यक्ष अन्जनराज न्यौपाने ,नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समितिकि अध्यक्ष बसुन्धरा घर्ती , नेपाल मगर संघ गण्डकी प्रदेशका अध्यक्ष सिद्धान्त गर्जामगर ,मानव अधिकार एलायन्सका केन्द्रिय सदस्य कल्पना पौडेल र कानुनी सल्लाहकार अधिवक्ता ईन्द्र थापा मगरलाई चयन गरिएको नेपाल मार्शल आर्ट्स हाप्किडाे संघ गण्डकी प्रदेशका सचिव प्रेम बुढामगरले बताए ।
FACEBOOK COMMENTS