काठमाडौं, वैशाख २७ । नेपाल मेडिकल कलेज (जोरपाटी) लाई अक्सिजन आपूर्ति गरिरहेको सोपान फर्मासिटिकल्स बिग्रएको छ । फर्मासिटिकल्सको मेसिन बिग्रिएपछि मेडिकल कलेजमा अक्सिजन अभाव भएको छ ।
कलेजले अन्यत्रबाट अक्सिजन ल्याउने प्रयास गरिएपनि अहिलेसम्म पाएको छैन् । त्यसैले अस्पतालमा राखिएको स्टक अक्सिजन मंगलबार साँझ ४ बजे नै सकिएको कलेजले बताएको छ ।
आफ्नो आपूर्तिकर्ताको मेसिन बिग्रिएर अन्यत्रबाट ल्याउने प्रयास गर्दा पनि नपाएपछि अस्पतालमा उपचाररत कोभिडका विरामी डिस्चार्ज गर्न सुरु गरेको छ ।
FACEBOOK COMMENTS