काठमाण्डौँ — नेपाल र इन्डोनेसियाबीच पर्यटन प्रवर्द्धनका लागि नयाँ अभियान सुरु भएको छ।
पर्यटकीय सम्भावना बोकेका दुुई मुलुकबीच पर्यटक आदानप्रदान गरेर अर्थतन्त्रमा टेवा पुयाउने ध्येयले सरकारी तथा निजी क्षेत्रको सक्रियतामा यो अभियान सुरु गरिएको हो।
फेमिलीराइजेसन ट्रिप (परिचित यात्रा) नामको अभियान अन्तरगत पर्यटकीय गन्तव्यको चिनारी गराउने र सहयोग आदानप्रदान गर्ने कार्यक्रम रहेको छ।
उक्त कार्यक्रममा सहभागी हुन नेपाली टोली इन्डोनेसिया सरकारको निमन्त्रणामा यहाँ आएको छ।
इन्डोनेसियाको पर्यटन मन्त्रालयको सहयोग र इन्डोनेसियन दुताबास ढाकाको संयोजन फयाम ट्रिप कार्यक्रममा नौ जना नेपाली सहभागी छन्।
आइएमई समूहले प्रवर्द्धन गरिरहेको आइएमई ट्राभल्स, काठमाडौंको समन्वयमा नेपालका पर्यटन व्यवसायी, मिडियाकर्मीसहितको टोली यहाँ आएको हो।
नेपाली टोलीले इन्डोनेसियाका विभिन्न पर्यटकीय स्थल अवलोकन भ्रमण गरी त्यहाँका पर्यटकीय गन्तव्यको बारेमा जानकारी लिएका छन्।
— नागरीक
FACEBOOK COMMENTS