काठमाडौं, ५ फागुन –नेपाल राष्ट्र बैंकले कोरोना भाइरसका कारण प्रभावित भएका ऋणीलाई ऋण पुर्नतालिकीकरण गर्न समय थप गरेको छ ।राष्ट्र बैंकले हालै चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा गर्दै यस्तो व्यवस्था गरेको हो ।
राष्ट्र बैंकले विषेश गरी पर्यटन क्षेत्रका उद्योग व्यवसायहरुका लागि राहत उपलब्ध गराएको छ । बैंकले यस क्षेत्रको थप राहतका लागि २०७८ साल असार मसान्तसम्मका लागि लागि पुनर्तालिकीकरण गर्ने सुविधा उपलब्ध गराएको छ ।
पुनर्तालिकीकरण गर्दा ऋणीले कुल ब्याज बक्यौताको ५ प्रतिशत ब्याज भुक्तान गरेको हुनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । यसअघि कुल ब्याज बक्यौताको १० प्रतिशत ब्याज भुक्तान गरेको हुनुपर्ने व्यवस्था थियो ।कोरोनाका कारण अहिले पर्यटनमा मुख्य मानिने होटल व्यवसाय क्षेत्र पूर्ण रुपमा प्रभावित हुँदा संचालनमा रहेका अधिकांश होटलहरुको आम्दानी घटेको छ ।
FACEBOOK COMMENTS