काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबार दिउसो २ बजे आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ ।
केन्द्रीय बैंकले सरकारले लिएको ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य पुरा गर्नका लागि लगानीयोग्य पुँजीको व्यवस्थापन, साढे ६ प्रतिशत मुद्रास्फिती कायम गर्ने र वित्तीय स्थायित्व कायम राख्ने गरी नयाँ नीति सार्वजनिक गर्दैछ ।
२ वर्षयता लगातार लगानीयोग्य पुँजीको अभाव देखिएकाले यसको व्यवस्थापन गर्न केन्द्रीय बैंकलाई चुनौति छ ।
अर्कोतर्फ शैक्षिक प्रमाणपत्र धितोममा राखेर कर्जा दिने नीति कार्यन्वयमा ल्याउनु पर्ने दायित्व केन्द्रीय बैंकको छ ।
FACEBOOK COMMENTS