काठमाडौं, कात्तिक ५ – नेपाल राष्ट्र बैंकले तथा वित्तीय संस्थालाई अन्तरिम वित्तीय प्रतिवेदन प्रकाशित गर्ने समथ थप गरेको छ ।
केन्द्रीय बैंकले बुधवार सूचना जारी गर्दै क, ख र ग बर्गका बैंक तथा वित्तीय संस्थाहरुको लागि चालू आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय प्रतिवेदनको अन्तरिम विवरण प्रकाशित गर्ने समय आर्थिक मसान्तसम्म थप गरिएको बताएको हो ।
त्रैमास सकिएको १५ दिन अर्थात् कात्तिक १५ गतेभित्रमा प्रकाशित गर्नुपर्ने उक्त प्रतिवेदन प्रकाशित गर्ने समय १५ दिन अर्थात् कात्तिक मसान्तसम्म थप गरिएको केन्द्रीय बैंकले जारी गरेको सूचनामा भनिएको छ ।
FACEBOOK COMMENTS