काठमाण्डौँ — संयुक्त राष्ट्र संघीय शान्ति निर्माण आयोग (पीबीसी) को संगठन कमिटीको सदस्यमा नेपाल निर्वाचित भएको छ ।
महासभा समूहअन्तर्गत नेपाल दुई वर्षका निम्ति सदस्यमा शनिवार निर्वाचित भएको हो ।
नेपालसँगै इजिप्ट, ग्वाटेमाला, केन्या, मेक्सिको पनि कमिटी सदस्यमा चयन भएका न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।
नेपालले सदस्यको पदभार यही पुस १७ गतेदेखि सम्हाल्ने छ ।
उक्त पदमा नेपाल एशिया–प्रशान्त क्षेत्रका देशबाट सर्वसम्मत रुपमा निर्वाचित भएको हो ।
FACEBOOK COMMENTS