काठमाडौं, जेठ १२ – नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कोरोना भाइरसको विद्यमान महामारीलाई दृष्टिगत गर्दै सचेतनामुलक मर्मस्पर्शी भिडियो सार्वजनिक गरेको छ । कम्पनीले ‘सचेत बनौ ! कोरोना विरुद्धको यो लडाईं घरमै बसेर लडौ’ भन्ने सन्देशसहितको सांगीतिक भिडियो आम नेपालीका लागि सार्वजनिक गरेको हो ।
भिडियोमा कोरोना महामारीका बेला सबैजनाले आ–आफ्नो क्षेत्रबाट योगदान गर्न आग्रह गरिएको छ । यो महामारीमा सबैको पीडा उस्त–उस्तै छ र महामारीसँग जुध्न देश साथमा रहेको सन्देश शब्द तथा भिडियोमा उल्लेख गरिएको छ । त्यस्तै आफू बाँच्ने र अरुलाई पनि बचाउन हामी आफैले सावधानी अपनाउन पर्छ भन्न सन्देश भिडियोमार्फत प्रवाह गरिएको छ ।
भोलिका दिनमा महामारीबाट मुक्त भइ सामान्य अवस्थामा जनजीवन आएपछि फेरि पनि हामी रमाउँला भन्ने सन्देश उक्त भिडियोमा देखाइएको छ । भिडियोको अन्त्यमा सचेत बनौं, कोरोना विरुद्धको यो लडाई घरमै बसेर लडौं भनेर कम्पनीले सबैमा अनुरोध गरेको छ ।
सुनिल कोइरालाको शब्दलाई नेपाल लाइफकै कम्युनिकेशन एण्ड ब्राण्डिङ प्रमुख मेघेन्द्रप्रकाश गिरीको परिकल्पना तथा निर्देशनमा भिडियो तयार पारिएको हो । हालको विषम परिस्थितिलाई यथार्थपरक रूपमा प्रस्तुत गरी शब्दलाई भिडियोमा न्याय दिन सफल भएको कम्पनीको भनाइछ छ ।
पुष्कर महतौँको स्वर, सङ्गीत र एरेञ्ज रहेको भिडियोलाई कुमार कटुवाल, प्रकाश गोपाली र रविन घिमिरेले छायाँकन गरेका छन् । साथै सन्तोष दवाडीले सम्पादन गरेको भिडियो अल थ्री मिडिया घर, बागबजारले पोष्टप्रोडक्सन गरेको हो ।
शब्दहरू यस्ता छन्–
लडौ सँग सँगै, लडौ सँग सँगै
स्वस्थ बनि अघि बढौ हामी सँग सँगै
स्वस्थ बनि अघि बढौं हामी सँग सँगै
सबको पीडा उस्तै उस्तै देश साथमा छ
बाच्ने अनि अरुलाई बचाउने आफ्नै हातमा छ
सबैको पीडा उस्तै उस्तै देश साथमा छ
बाच्ने अनि अरुलाई बचाउने आफ्नै हातमा छ
बाचौँ सँग सँगै बचाऔं सँग सँगै
नाच्दै गाउँदै सबै रमाउँला भोलि सँग सँगै
नाच्दै गाउदै सँगै रमाउला हामी सँग सँगै
(सचेत बनौ करोना बिरुद्धको यो लडाईं घरमै बसेर लडौं)
FACEBOOK COMMENTS