बसन्त आर्याल
काठमाण्डौ– सरकारले नेपाल वायुसेवा निगमकोे कार्यकारी अध्यक्षमा मदन खरेललाई नियुक्त गरेको छ । यो संगै हालका महाप्रबन्धक सुगतरत्न कंसाकारको अधिकार कटौती भएको छ ।
दुई ओटा ठुला जहाज खरिद गर्दा अनियमितता भएको भन्दै निगम विवादमा परिरहेको बेला सरकारले कार्यकारी अध्यक्षमा मदन खरेललाई नियुक्ति दिए संगै निगम आन्तरीक विवादमा फस्ने निश्चित प्रया भएको छ ।
मन्त्रिपरिषद्को आइतबार बसेको बैंठकले खरेललाई निमगको कार्यकारी अध्यक्षमा नियुक्त गरेको हो ।
खरेललाई शुक्रबार मात्रै मन्त्रिपरिषद्को बैंठकले निगम संचालक समितिमा नियुक्त गरेको थियो ।
खरेल यस अघि निगमको महाप्रबन्धक भएर राजीनामा दिएका थिए । उनले २०७१ सालमा कर्मचारी युनियनका कारण काम गर्न नसकेको भन्दै पदबाट राजीनामा दिएका थिए ।
मन्त्रिपरिषद्ले खरेललाई नेपाल वायुसेवा निगम ऐन दफा ४ मा भएको प्रबधान अनुसार निगमको कार्यकारी अध्यक्षमा नियुक्त गरेको हो ।
सरकारले आफ्नो कार्यकारी भुमिका समाप्त पार्दे नेपाल वायुसेवा निगममा कार्यकारी अध्यक्ष नियुक्त गरेपनि निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले भने राजीनामा नदिने अभिव्यक्ति दिएका छन् ।
उनले कार्यकारी अध्यक्षसंग मिलि काम गर्ने बताए पनि निगममा आन्तरीक विवादमा फस्दे देखीएको छ ।
‘निगममा मेरो कार्यकाल ८ महिना मात्र बाँकी छ,’ उनले भने, ‘उक्त समयसम्म कार्यकारी अध्यक्षसँग मिलेर नै काम गर्नेछु ।’ कर्मचारी साथीहरुको आग्रह र आफ्नो पनि कार्यकाल सकिन छोटो समयावधि मात्र बाँकी रहेकाले उक्त समयसम्म निगममै रहेर काम गर्ने अभिव्यक्ति बाहिर आएको छ ।
महाप्रबन्धक कंसाकारमाथी पछिल्लो समय वाइडवडी खरिदमा भ्रष्टाचार, कर्मचारीसँग मिलेर काम गर्न नसकेको जस्ता आरोप लागेको छ ।
FACEBOOK COMMENTS