काठमाडौं, २९ चैत्र ( महानगरीय अपराध महाशाखाको विशेष टोलीले शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवाललाई ६७ थान थर्मल प्लान्ट प्रतिगोटा १५ हजारका दरले १० लाख रूपैयाँमा मंगलबार बेच्न लागेका बेला रंगेहात पक्राउ गरेपछि अहिले देश तरंगित बनेको छ । किर्गिस्तानका अवैतनिक वाणिज्यदूत रहेका अग्रवालले कूटनीतिक नम्बर प्लेटको २०९–एचसीसी–१ नम्बरको गाडीमा ज्वरो नाप्ने यन्त्रको कालोबजारी गरिररहेको अवस्थामा पक्राउ गरि हिरासतमा राखेको छ । प्रहरीले अग्रवालको साथबाट ६७ थान थर्मल गन र उनको कुटनीतिक नम्बर प्लेटको गाडी समेत बरामद गरेको छ ।अवैतनिक दुत र नियोगको मानमर्दन गर्दै कालोबजारी गरेको विषयलाई नेपालका सबै मिडियाले प्रमुख स्थान दिए भने कोरोना महामारीमा समेत स्वास्थ्य उपकरणकै कालाबजारी गरेको भनेर जनआक्रोश पनि त्यतिकै बढ्यो । यसबेला प्रधानमन्त्री होस वा जोकोहि पनि जनआक्रोशमा परिरहेको समयमा लेखिएका समाचारहरुमा कमेन्ट गर्यो भन्दै माडवाडी सेवा समाज , अग्रवाल समाज नेपाल प्रहरीको साईवर ब्युरोमा पुगेको छ ।
यसरी जनआक्रोशलाई लिएर किन गएका भन्ने विषयमा स्रोत भन्छ २००७ साल देखि देशको राष्ट्रिय राजनीतिमा हालिमुहालि गर्दै आएको यो समुह आफनो समुदायका मानिस फसेको खण्डमा जसरीपनि निकाल्ने गरेको पाईन्छ । केहि वर्ष अगाडी गएको ठुलै भुईचालोमा पनि यहि समुदायको ब्यापारी कालो बजारी गर्दा गर्दै समातिएको थियो । तर त्यसबेला घटनालाई मथ्थर बनाउन सफल भएको थिए । यानिकी कानुनी दाँयाराबाट उम्कदै कार्वाहीको भागिदार बन्नबाट बच्न सफल बनाएको घटना थियो । मारवाडी समुदाय आँफै पनि सम्पन्न समुदाय हो भन्ने कुरा बताई रहनुपर्ने कुरा होईन । किनकी, ब्यापार ब्यवसाय नै यस जाती समुदायको मुख्य पेशा हो । र नेपालमा बाबु बाजेको पाला देखी नै उद्योग ब्यापारको संलग्न रहने घराना थुप्रै छन् । र यो समुदायको खासियत भनेको एकलाई पर्दा अर्कोलाई दिलो ज्यानले सहयोग गर्ने हो । अर्थात मारवाडी समुदाय भित्र एक आपसमा सहयोगको भावना उच्च देखिन्छ । ब्यापारको क्षेत्र नै पैसामा खेल्ने पेशा भएकाले यस समुदायका मानिसहरु राजनीतिक दल, नेता, प्रशासक आदीसँगको सम्बन्ध प्रगाढ राख्न माहिर मानिने आम बुझाई छ । र राजनीतिक दल भित्र मारवाडी समुदायबाट हुँदै आएको प्रतिनिधीत्व पनि सिद्धान्त भन्दा फरक अर्थात आर्थिक हैसियतबाट निर्क्यौल हुने गरेको बताईन्छ । हुन त नागरिक ब्रित्तमा मारवाडी समुदाय बाहेक पनि अन्य ब्यवसायी उपर पनि यस्तै सोच हावी भएको पाईन्छ । तथापी मारवाडी समुदाय प्रतिको बुझाई अलि फरक पाईन्छ । ब्यापारमा माडे बुद्धि खुब चल्तीको भाषा बनेको छ । यस मानेमा पनि मारवाडी समुदायले फाईदाका लागि जोखिम पनि उठाउँछ र घाटाबाट पनि ब्यापार शुरु गर्छ । तर फाईदा भने उठाएरै छाडछ । र सतहमा एक ब्यवसायी देखिए पनि अन्य ब्यवसायी समेतको अदृष्य संलग्नता रहन्छ भन्ने खालका मानक नेपाली समाजमा स्थापित छ । र यो मानकलाई स्थापित गर्ने कार्य अरु कसैले नभई मारवाडी समुदायले नै गरेको हो ।
किनकी समाजले ब्यवहारबाट नै समुच्चमा निचोड निकाल्ने गर्छ । जुन यहि समाजमा घटित घटनाक्रमबाट नै निर्दिस्ट हुने हो । र यो महामारीमा मारवाडी समुदायका सुलभ अग्रवाल कालोबजारी गर्दा गर्दै समातिए पछि जनआक्रोश बढेको छ । जसको असर सिंगो समुदायमा परेको छ । सामाजिक संजालमा पोखिएका शब्दावलीहरु एक जना दुई जनाले होईन सिंगो समाजको आवाजको रुपमा अघि आएको छ । अर्थात लाखौं जनताले मानक अनुरुप कहदै आएको प्रतित हुन्छ । यो गलत हुँदै आयो भन्ने मानकलाई एक्सपोज गर्ने काम शुलभबाट भएको कार्यले गर्यो । अर्को तर्फ महामारी र अझ स्वास्थ्य क्षेत्रको विषयमा प्रधानमन्त्री स्वयमले समेत कसैलाई नछोडनु भनि सकेको अवस्था र माथि सम्मको लविङ र भारतको लविङ समेतले काम नगरेपछी मारवाडी समुदायले संयमता गुमाएको देखिन्छ । जनमानसमा सदभाव कायम गर्ने खालका क्रियाकलाप छाडेर उनीहरु जनआक्रोसमा आएको भवनालाइ साइवर क्राईम भन्दै प्रहरीको शरणमा पुग्दै उजुरी दिन पुगेका छन् । सुलभ अग्रवाल पक्राउ पर्दा प्रहरीको गाडीको लुकिङ ग्लास नै फुटाल्दीने जस्तो हर्कतले यो समुदायमा जे गरे पनि हुन्छ भन्ने मनस्थिती रहेको देखिन्छ । साथै महासंघको भावी अध्यक्ष र पूर्व अध्यक्ष जस्तो मान्छे कालोबजारी गर्नेलाई छोडनुपर्यो भन्दै चौकी, प्रशासन र मन्त्रीकोमा धाउदै जानुले पनि मारवाडीलाई जस्तो सुकै कसुर लागे पनि उन्मुक्त्ती देउ भन्ने सोच देखिन्छ । यो सरासर दण्डहिनता बढाउने काम हो । साथै यस्तो घटनामा मतियारहरु समेत कसुरदार मानिन्छन् ।
यस मानेमा नेपाल राष्ट्रिय मारवाडी परिषद नेपाल प्रहरीको साईवर ब्युरोमा जानु नेपाल सरकार र जनतासंग भिडन्तको तैयारी मा रहेको देखिन्छ ।साथै अग्रवाल समाज केन्द्रले निकालेको विज्ञप्तीमा समेत मारवाडी समुदाय प्रति आक्षेप लाउने जोकोहीलाई पनि कानुनी कार्वाही गर्न आग्रह गरिएको छ ।
आगोमा घ्यु थप्दै मारवाडी समुदाय
लगडाउनको समयमा जनताहरु घरभित्रै कैदी जीवन ब्यथित गर्न वाध्य छन् । यो रहरबाट भन्दा पनि महामारीको कहरबाट सिर्जित अवस्था हो । जहाँ मानिसलाई रोग, भोक र शोक सबैको चिन्ता छ । अब के होला, खाना पाइएला नपाइएला, लगडाउन कतिन्जेल लम्बिने हो, सरकारले स्वास्थ्य सामाग्री कहिलेसम्ममा ल्याई पुर्याउला र संक्रमण भए नभएको परिक्षणले कहिलेबाट रफतार लिने हो र कहिले लगडाउन खुल्ला, लगडाउन अझै लम्बियो भने खाद्यान्न र तरकारीको जोहो गर्नै मुस्किल त पर्ने होईन रु कालकोठरीको जीवन कतिन्जेल ब्यथित गरौ रु भन्ने जस्ता अनगिन्ती मनो सामाजिक समस्याबाट जनताहरु आक्रान्त छन् । वास्तवमै यो कठिन मोडमा जनताहरु कायल भैरहेका छन् । अधिकांशमा एकखाले वेचैनी देखिन्छ । यस्तो अवस्थामा मनको बह कसलाई पोखु कहाँ पोखु के गरु कसो गरु हुनु स्वभाविक हो । यस असामान्य स्थितीमा जनताले आफना मनका कुरालाई बिसाउन विभिन्न माध्यमको प्रयोग गर्दै आएका छन् । त्यस मध्ये बढि जसो प्रयोगमा आउने भनेको सामाजिक संजाल नै हो । एक त सहज पहुँच अर्को तर्फ समय काटने मेसो, तसर्थ पनि सामाजिक संजालमा नागरिकहरु झुम्मिने गरेका छन् । यसलाई उनीहरुको वाध्यताका रुपमा लिनु नै उपर्युक्त हुन्छ । यद्यपी, सामाजिक संजालको प्रयोगमा हुँदै आएको बढोत्तरी र यसबाट सिर्जित प्रतिकुल वातावरण भने चिन्ताको बिषय बनेको छ । स्वास्थ्य जस्तो गम्भिर बिषयको ख्यालै नराखी कपी पेस्टको शैली अबलम्बन गर्दा जनता माझ नै भ्रम पर्न गएको स्पस्ट छ । तर जनताहरु समाचार प्रति पनि आकर्शित छन् । बढि जसो टेलिभिजन र अनलाईन मिडियाबाट सम्प्रेसित समाचारको ुफ्ल्लो अपु मा उनीहरु छन् । तथापी सामाजिक संजालमा पोस्ट वा सेयर हुने अडियो(भिडियो, लेख, समाचार मा गरिने कमेण्ट होस् वा स्वतन्त्र विचार राख्ने क्रम यस दौरानमा भद्धा भाषा शैलीको प्रयोग गर्ने, गाली गलौजमा उत्रने जस्ता गतिविधीहरु पनि हुँदै आएका छन् । यस बीचमा सामाजिक संजालमा संघिय सरकार, प्रधानमन्त्री, मन्त्रीहरु मात्र होईन प्रदेश सरकार, स्थानिय सरकार लगायत ब्यवसायीहरु उपर बढि जसो कटाक्ष हुने गरेको पाइएको छ । सामाजिक संजालमा स्वास्थ्य सामाग्री खरिदमा भ्रस्टाचारको सवाल, प्रधानमन्त्रीको सम्बोधन, बजारमा खाद्यान्न आपुर्ती ब्यवस्थापन, महंगी, कालोबजारी, राहत वितरण जस्ता बिषय माथि बढि जसो टिप्पणी गरिएको छ । हुन सक्च कोही कसैले राजनितिक आस्थाका आधारमा वा ब्यक्तिगत स्वार्थका आधारमा पनि सरकारको विरोध गरेको होस् । तर हामीले त्यसो भन्न तिर लाग्यौ भने त समस्या झनै जेलिन्छ । किनकी सरकार पक्षियबाट पनि जतिसुकै अक्षेम्य घटना भएता पनि त्यसलाई ढाकछोप गर्न उद्यत रहने गरेको पनि देखिएको छ । तसर्थ यहाँ आस्थाका आधारमा विभेदपूर्ण ब्यवहार हुँदै आएको प्रस्ट देखिन्छ । साथै, फरक विचार बोक्ने दल प्रति आस्थावान हरुले पनि सरकारका हरेक गतिविधीलाई निच देखाउन खोज्ने प्रब्रित्ती देखिन्छ । यसरी आस्था र विचारका आधारमा विभेद गर्दै गाली गलौजमा उत्रनु सरासर गलत छ । यो अविवेकीपनी मात्र होईन नालायकीपन पनि हो । त्यसो त जनस्तरबाट ब्यवसायीहरु विरुद्ध पनि शब्दवाण प्रहार हुँदै आएको देखिएको छ । राहतमा चासो दिएनन, मुल्य बढाए, कालोबजारी गरे भन्ने जस्ता आरोप यस माझमा ब्यवसायीहरुले झेल्दै आएका छन । अझ सुलभ अग्रवालको पक्राउ प्रकरण पस्चात त झन समग्र ब्यवसायीलाई हेर्ने दृष्टिकोण फरक पाइएको छ । ठुला घरानाहरुको साँख नै गिर्दो अवस्थामा पुगेको छ । साथै समग्र ब्यवसायिक क्षेत्र माथि नै आक्षेप लागेको अवस्था छ, अझ भनौ जन आक्रोश बढदो छ । त्योसँगै ब्यापारी वर्गलाई हेर्ने दृष्टिकोणमा पनि फरकपना पाइएको छ । यो नै यथार्थता हो । र अर्को पाटोबाट हेर्ने हो भने सुलभ अग्रवाल पक्राउ प्रकरणले मारवाडी समुदाय माथि पनि जनआक्रोश बढदो देखिन्छ । सुलभ स्वयमले पनि मारवाडी समुदायबाट प्रतिनिधीत्व गर्ने भएकाले पनि सो समुदाय समेतलाई यसमा मुछिएको पाइन्छ । यस केशमा सामाजिक संजालमा कहि न कहि यसले जेहाद छेडेको छ । यो र राजनीतिक वा सरकारी स्वास्थ्य सामाग्री खरिद प्रकृयालाई मुलधारका मिडियाहरुले समेत उच्च प्राथमिकता दिएका छन । र त्यो स्वभाविक पनि हो । सामाजिक सन्जाल समाजको एेना हो भन्न हिच्किचाउनु पर्दैन । र त्यस्तो अवस्था अब रहेन पनि । यद्यपी विश्वसानीयताका हिसाबले यस माथि प्रश्न भने गर्न सकिन्छ । सामाजिक संजालमा आउने सबै चीज नराम्रा छन् भन्नु चाही गलत हुन्छ । र सामाजिक संजाल पनि हाम्रो समाजको अभिन्न अंग बनेको स्थितीमा यसलाई स्विकार्नुको कुनै विकल्प छैन । तर पनि प्रयोगकर्ताको प्रयोग शैली माथि नियमनको खाँचो भने उत्तिकै छ । साइबर क्राईमका घटनाबाट समाजमा उत्पन्न हुने जटिलताका बिषयमा सचेतना फैलाउने देखी गम्भिर प्रकृतीका घटना उपर कानुनी कार्वाही अघि बढाउनु मनाशिव हुनेछ । तर अर्थो (सामाजिक र राजनीतिक दृष्टिकोणबाट हेर्दा कतिपय कुरा र सवालहरु साइबर क्राईम को दाँयारा भित्र नअटाउनेसम्म हुन्छन् । किनकी जनआक्रोशलाई पचाउने हैसियत सामाजसँगै जोडिएर जिविकोपार्जन गर्ने हरेक राजनीतिकर्मी र पेशा ब्यवसाय गर्ने ब्यक्ति वा समुदायमा हुनै पर्छ । जनआक्रोश भनेको यस्तो चिज हो जसले जुनसुकै समयमा आगोको झिल्को सरह फैलदै तहसनहस पार्न पनि सक्छ । आन्दोलनको आधि बेहरी छेडने ताकत राख्न सक्छ । तसर्थ जनआक्रोशलाई कुनै साइबर क्राईमसँग लगेर जोडदैमा कसैले पनि उन्मुक्ती पाउदैन । सार्वजनिक सवालसँग कुनै पनि ब्यक्ती जोडिन्छ, जनताकै लागि भनेर खुलेका दल र सामाजिक संस्था, ब्यापारिक प्रतिस्ठान माथि सरोकार नै राख्न नपाउने वा जनताले सभ्य तबरले विरोध मिश्रित भावना नै पोख्न नपाउने भन्नु जस्तो स्वईच्छाचारिता अरु केही नहोला । अहिलेको यो एक्काईसौ शताब्दीमा प्रविधीले देश र समाजलाई धेरै दिएको छ । सामाजिक संजाल पनि त्यसको उपज नै हो । र त्यसलाई स्विकार्नुको साटो घुमाउरो पाराले अपराधको बिल्ला भिराउन उद्यत हुनु जस्तो दुर्भाग्य केही हुँदैन । शक्तिको आडमा प्रहरी प्रशासन माथि पर्ने दवावका कारण सामान्य टिप्पणी गरेका आधारमा कोही कसै माथि धरपकड गर्दै साइबर क्राइमको मुद्धा लगाईन्छ भने त्यो भन्दा निर्लज्जता पनि केही हुँदैन । यस्ता गतिविधीले समाजलाई थप उत्तेजित तुल्याउन सक्ने भएकाले सबैले संयमता अपनाउन आवश्यक छ ।
FACEBOOK COMMENTS