काठमाडौं – चालु आर्थिक वर्षमा सरकारले आर्थिक विस्तार हुने बताइ रहेका बेला एसियाली विकास बैंक (एडीबी)ले अझै खुम्चिने प्रक्षेपण गरेको छ ।
एडीबीले बुधबार नेपालको वृहत आर्थिक परिदृष्य सार्वजनिक गर्दै आर्थिक वृद्धि अघिल्लो वर्षको भन्दा घट्ने अनुमान गरेको हो ।सरकारले यो वर्ष ८ प्रतिशत आर्थिक विस्तार हुने अनुमान गरेको छ ।
आर्थिक वर्ष २०७५÷०७६ मा आर्थिक वृद्धि ५.५ प्रतिशतमा सीमिति हुने एडीबीको प्रक्षेपण छ । यो वृद्धि विगत १० वर्षको वार्षिक औसत ४.३ प्रतिशत भन्दा उल्लेख्य रुपमा बढी हो । यस वृद्धिलाई २०७४ मा भएका निर्वाचन पछिको अपेक्षित राजनीतिक स्थिरता, राम्रो मनसुन र ठुला आयोजनाहरुको तीब्र कार्यान्वयनका लागि प्रयासहरूले भरथेग गर्ने बताएको छ ।
सेवा क्षेत्र आव २०७४÷७५ को ६।६ प्रतिशत वृद्धिको तुलनामा आव २०७५÷७६ मा ६.१ प्रतिशत मात्र हुनेछ । आव २०७४÷७५ मा जस्तै आव २०७५÷७६ मा थोक तथा खुद्रा व्यापार, वित्तीय मध्यस्थता र यात्रा तथा पर्यटन उपक्षेत्रहरुले गतिलिने अनुमान गरिएको छ ।
अघिल्लो वर्ष कृषि क्षेत्रको उच्च योगदान सहित ७.४ प्रतिशतको वृद्धि रहेकोमा २०७४ साउन÷ भदौमाआएको बाढीका कारण कृषि क्षेत्रको वृद्धि घट्दा आर्थिक वृद्धिमा कमी आएको एडीबीको ठहर छ ।
FACEBOOK COMMENTS