काठमाडौँ— नेपालका कूल १० प्रतिशत धनी व्यक्तिको आय ४० प्रतिशत गरीब नेपालीको आयभन्दा तीन गुणाले बढी रहेको पाइएको छ ।
मानवीय जवाफदेहिता अनुगमन अभियान (हामी), अक्सफाम नेपाललगायत संस्थाले गरेको एक अध्ययनमा नेपालमा धनी र गरीबबीचको असमानताको खाडल बढ्दै गएको पाइएको हो ।
धनी असाध्यै धनी बन्दै जाने, मध्यमवर्ग पनि गरीबीको दिशामा धकेलिने तथा गरीब झनभन्दा झन् गरीब बन्दै जाने प्रवृत्ति बढ्दै गएको छ ।
राज्यको साधन स्रोत सीमित व्यक्तिको हातमा मात्रै पर्ने हुँदा त्यसले गरीबी घटाउन सार्थक प्रयाससमेत हुन नसकेको पाइएको छ ।
असमानताका विरुद्ध सङ्घर्ष’ नाम दिइएको उक्त प्रतिवेदन राष्ट्रिय योजनाका आयोगका उपाध्यक्ष डा पुष्प कँडेलले सार्वजनिक गरे ।
— कारोबार
FACEBOOK COMMENTS