काठमाडौं, १८ मंसिर- नेपालकी शकुन्तला नायक एसिया अवार्ड अन्तर्गत सर्वोकृस्ट ग्राहक सेवा प्रबन्धकको उपाधि पाउने भएकी छिन् । उनलाई अवार्ड अन्तर्गत २०२०-२१ बर्षको ‘रोयल अनर’ बेस्ट कस्टुमर सर्भिस एक्जुकेटिभ उपाधी दिन लागिएको हो । २० भन्दा बढी देशका प्रतिस्पर्धीलाई उछिन्दै उनले सो अवार्ड हात पार्न लागेकी हुन ।
रुला अवार्डले भारतको चेन्नईमा २०२१ फेब्रअरीमा आयोजना गर्ने विशेष समारोह माझ उनले सो उपाधी पाउने छिन् । नायक हाल महिन्द्रा एण्ड महिन्द्रा अटो मोबाइल कम्पनीमा ग्राहक सेवा प्रबन्धकका रुपमा कार्यरत छिन् । उक्त कम्पनीको काठमाडौं स्थित मुख्य कार्यालयमा उनी सेवारत छिन् ।
जनकपुरकी स्थायी बासिन्दा नायक बायो टेक्नोलोजी बिषयकी विद्यार्थी हुन । उनी सामाजिक अभियन्ता समेत हुन ।
FACEBOOK COMMENTS