काठमाडौं, मंसिर ६- नेपालको अर्थतन्त्र सकारात्मक बाटोमा अगाडी बढ्न थालेको संकेत देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो आर्थिक तथ्यांकलले नेपालको व्यापार घाटामा केहि सुधार भएको देखाएको हो ।
आयात र निर्यातमा देखिएको सुधार, बैंकिङ क्षेत्रमा देखिएको स्थायित्व, विदेशी विनिमय संचिति बढ्दै जानु, सोधनान्तर स्थिती सकारात्मक हुनु लगायतलाई आधार हेर्ने हो भने अहिले अर्थतन्त्र सुधारको दिशा तर्फ अगी बढेको देखिन्छ ।
चालू आर्थिक वर्षको पहिलो तीन महिनामा आयात १०.३ प्रतिशतले घटेको छ भने निर्यात १४.४ प्रतिशतले बढेको छ।राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वित्तीय स्थितिअनुसार तीन महिनामा कूल ३ खर्ब ३४ अर्बको वस्तु आयात भएको छ। यस्तै तीन महिनामा कूल २७ अर्ब १७ करोडको वस्तु निर्यात भएको छ।
ती महिनाको मुलुकको व्यापार घाटा ३ खर्ब ७ अर्ब छ। गत वर्षको यस अवधिको तुलनामा व्यापार घाटा १२ प्रतिशतले घटेको हो।यस अवधिमा भारतबाट हुने आयात १२.२ प्रतिशतले घटेको छ भने अन्य मुलुकबाट हुने आयात १९.१ प्रतिशतले घटेको छ। चीनबाट हुने आयात भने ११.६ प्रतिशतले बढेको छ।
चालु आर्थिक वर्षको प्रथम त्रैमासको तथ्यांकले पनि कृषि बाहेको अन्य क्षेत्रमा सरकारको अपेक्षा अनुसराकै योगदान रेहकोले पनि आर्थिक वृद्धिको लक्ष्य सकारात्मक दिशामा रहेको देखाउँछ । त्रैमासको तथ्यांक अनुसार रेमिट्यान्स ४.९ प्रतिशतले घटेको छ । ब्यापार घाटा घट्दा संचिती र सोधनान्तर स्थिती पनि सकारात्मक बन्दै गएको देखिन्छ ।
नेपालबाट निर्यात हुने प्रमुख वस्तुहरुमा पाम ओयल, अलैंची, आयुर्वेदिक औषधि, जुटका सामान, धागो लगायत परेका छन्। पाम तेल, हटरोल सिट, मेसिनरी तथा पार्टपूर्जा, विद्युतीय उपकरण तथा सोलार प्यानल लगायत बस्तुको आयात बढेको छ। हवाईजहाज तथा पार्टपूर्जा, एमएस बिलेट, पेट्रोलियम पदार्थ, सुन, यातायातका उपकरण तथा पार्टपूर्जाको आयात घटेको छ।
FACEBOOK COMMENTS