काठमाण्डौँ — आगामी १९औँ पञ्चवर्षीय योजनासम्म नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) पाँच सय एक खर्ब ३३ अर्ब पुग्ने अनुमान राष्ट्रिय योजना आयोगले गरेको छ।
नेपालको दीर्घकालीन सोचको खाकामार्फत नेपालको जीडीपी पाँच सय खर्ब नाघ्ने अनुमान गरिएको हो।
सो अनुमान आर्थिक वर्ष २०७५/७६ को मूल्यमा प्रक्षेपण गरिएको हो।
सो प्रक्षेपण हालको जीडीपीभन्दा १६३ गुणाले बढी हो।
हाल नेपालको जीडीपी ३० खर्ब सात अर्ब रहेको छ।
आयोगले वि.सं. २१०० अर्थात १९औँ योजनाको अन्त्यसम्म नेपालीको प्रतिव्यक्ति आय १२ हजार पाँच सय २४ अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ।
— नागरीक
FACEBOOK COMMENTS