काठमाडौं, पुस १३ – नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रचण्ड–नेपाल समूहका स्थायी कमिटीका सदस्य योगेश भट्टराईले नेपालमा अन्तर्राष्ट्रिय चलखेल सुरु भएको बताएका छन्।
प्रेस संगठन बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद विघटन गरेपछि नेपालमा अन्तर्राष्ट्रिय चलखेलको ढोका खुलेको बताए।
संसद विघटन गर्ने अधिकार संविधानले नदिए पनि त्यसको दुरुपयोग गरेर प्रधानमन्त्रीले संसदको विघटन गरेको उनको दाबी छ। प्रधानमन्त्री ओलीको संसद विघटन गर्ने कदमले नेपाल पुनः अस्थिरतातर्फ जान थालेको भन्दै उनले विघटन गर्ने कदमबाट नेपाल र नेपालीलाई माया गर्ने विदेशी समुदाय पनि दुःखी भएके भनाइ छ।
प्रधानमन्त्री ओलीले पार्टीका कमिटी र संसदीय दलमा बहुमत गुमाउँदा पनि पद नछोडेर हुकुमी शैलीमा पार्टी र सरकार चलाउन खोज्दा नेकपा विभाजन भएको नेता भट्टराईको दाबी छ।
FACEBOOK COMMENTS