कार्तिक २३, काठमाडौँ – बिगत १ दशक देखि यस क्षेत्रमा निरन्तर ब्यावसाय गर्दै आउनु भएको अक्सएयर नेपाल कम्पनी का प्रबन्ध निर्देशक तथा कन्सलटेन्ट श्री दिपक थापाले ग्राहक, एयर क्राफ्ट, अस्पताल तथा दमका बिरामीहरुको सेवालाई ध्यानमा राखि ३० करोडको लगानिमा पाटन औधोगिक क्षेत्रमा प्लान्ट खोल्ने जानकारी दिनु भएको छ ।
सो प्लान्ट आगामी ६ महिनाभित्र संचालनमा आउने छ । जहाँ ग्राहकको चाहना बमोजिमका अक्सिजनका सिलिण्डरहरु 0.5m3,1.0m3, 1.5m3, 2.25m3, 3.0m3, 4.0m3, 6.0m3, 7.0m310.0m3 तथा 15.0m3 का Metal तथा Aluminum Carbon fiber को सिलिण्डर उपलब्ध हुनेछन् भने १५० बार, २०० बार तथा ३०० बार सम्म ग्याँस फिलिङ्ग गरिनेछ ।
जहाँ अस्पताल,कारखानाहरु,क्लिनिक,डिपो,डिलर,दमका बिरामी, हिमाल चड्न देखि एयर क्राफ्ट लाई प्रयोग हुने ग्याँस समेत उत्पादन हुनेछ । जस्को उत्पादन क्षमता प्रतिदिन २००० वटा ठुलो सिलिण्डर तथा ६ टन बराबर Liquid Oxygen/Nitrogen रहने छ भने ४० टन Liquid Storage क्षमता रहने छ । साथै अक्सिजन तथा यस सँग सम्बधित कुनैपनि जानकारी लिनुपरेमा :dkenle@gmail.com
FACEBOOK COMMENTS