काठमाडौं, पुस ५- सार्क चेम्बरका उपाध्यक्ष तथा नेपाल उद्योग बाणिज्य महासघका विशिष्ट सदस्य चण्डीराज ढकालले जेनानमा डिसेम्बर १७-१८ मा आयोजना भएको ‘साउथ एसिया इकोनोमी ट्रेड फेयर’ सम्मेलनमा सहभागिता जनाएका छन् । उक्त सम्मेलनमा सिल्क रोड, साउथ एसिया इकोनोमी ट्रेड, साउथ एसियन देशहरुमा व्यापारिक सहकार्यसँग सम्बन्धित भएर अन्तक्रियाहरु गरिएका थिए ।
कार्यक्रमको विहानी शत्रमा मुख्य अतिथिको रुपमा आफ्नो भनाइ राख्दै सार्क चेम्बरका उपाध्यक्ष तथा नेपाल उद्योग बाणिज्य महासघका विशिष्ट सदस्य ढकालले नेपालको निजी क्षेत्रको कार्य, संरचना र सरकारसँग गरिरहेको सहकार्य बारे जानकारी दिएका थिए । सार्क रिजनको तर्फबाट कार्यपत्र प्रस्तुत गर्दै ढकालले नेपालको नेपाल उद्योग बाणिज्य महासंघ राष्ट्रिय तथा अन्तराष्ट्रिय मान्यता प्राप्त छाता संगठन रहेको बताएका थिए । उनले महासंघले व्यापारीक बर्गमा मात्र नभएर सामाजीक विकाश, शिक्षा, सरकारी निती नियम निर्माणमा सहकार्य, विभिन्न रोग तथा विपद बारे जनचेतना, बाल श्रमिक, कृषि लगायत राष्ट्रको सामाजिक र आर्थिक विकाशमा काम गरेको जानकारी दिएका थिए ।
ढकालले चिनले अगाडी सारेको ‘वन बेल्ट वन रोड’ को अवधारणा समग्र दक्षिण एसियाको आर्थिक विकाशका लागि कोशेढुंगा साबित हुने बताए । ‘वन बेल्ट वन रोड’ दक्षिण एसिया राष्ट्रमा अन्तरदेशिय व्यापारमा टेवा पुग्नुका साथै अन्य मुलुकसँगको व्यापारिक कनेक्टिभिटि समेत बढेर जान्छ । यसका लागि सबै देशको कानुनी सहकार्य हुनपर्नेममा उनले जोड दिए ।
कार्यक्रममा बोल्दैं सार्क चेम्बरका उपाध्यक्ष तथा नेपाल उद्योग बाणिज्य महासघका विशिष्ट सदस्य ढकालले नेपाल सरकारले बैदेशिक लगानी भित्र्याउन पहल गरिरहेको अवस्थामा नेपालमा लगानी गर्न संभाव्य क्षेत्र पहिचान गरी लगानी भित्र्याउने बताएका छन् । उनले नेपालका प्राकृतिक स्रोत, जलविधुत, कृषि, प्रविधि लगायतका क्षेत्रमा बैदेशिक लगानी भित्राउन सकिने बताएका छन् । उनले सम्मेलनमा सहभागीलाई नेपालमा चीनले सिमेन्ट र जलविधुतमा ठूला लगानी गरिसकेको बताउँदै अन्य मुलुकलाई पनि नेपाल लगानीका लागि उपयसक्त मुलुक रहेकाले यसको फाइदा लिन आग्रह गरे । उनले नेपाल लगानीका लागि उर्बर भुमी रहेको बताउँदैं नेपालको जलविधुत, प्रविधि, कृषि लगायतका विभिन्न क्षेत्रमा लगानी गर्न आग्रह गरे ।
१.७ विलीयन मानिसहरुको बसोबास रहेको दक्षिण एसियामा ९.९ ट्रीलिएन खरिद क्षमता भएका मानिस बसोबास गर्ने भएकाले दक्षिण एसिया विश्वकै मार्केट रहेको ढकालले बताए । साथै नेपाल दुई ठूलो अर्थतन्त्र भएका मुलुक चीन र भारतको बिचमा पर्ने भएकाले यसको बढी भन्दा बढी फाइदा लिन सक्नुपर्ने धारणा राखे । दक्षिण एसिया विश्वकै उदयमान आर्थिक केन्द्र रहेको बताउँदैं उनले चीनले निर्माण गर्न लागेको ‘वन बेल्ट वन रोड’ले सम्पूर्ण दक्षिण एसियाको आर्थिक गतिविधिलाई एउटा नयाँ उचाइमा पुर्याउने धारणा राखे ।
चीनले आफ्नो दश वटा शहरमा नेपालको हवाइ उडानका लागि स्बिकृती दिएको प्रशंग उठाउदैं ढकालले यसले नेपालमा पर्यटन भित्र्याउनका साथै नेपाल र चीनबीचको व्यापारमा समेत नयाँ आयाम थपेको बताए । नयाँ हवाई गन्तव्यले नेपालले आयोजना गरेको भ्रमण बर्ष २०२० लाई टेवा पुग्ने उनको धारणा रहेको थियो ।
उनले चीनले नेपालको व्यापारका लागि भन्सार सहुलिएत दिएका बस्तुको निकासी र प्रवधनमा सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर देशको समग्र विकाशमा हातेमालो गर्ने विश्वास लिएका छन् ।
FACEBOOK COMMENTS