काठमाडौं, पुस ४ – नेपाल–चीन उद्योग वाणिज्य संघका कार्यसमिति सदस्यहरुले नेपालका लागि चीनीयाँ महामहिम राजदुत होउ यान्छीसंग भेटघाट गरी दुई देश वीचको व्यापार, पर्यटन तथा आर्थिक प्रवद्र्धनका विषयमा छलफल गरेको छ ।
भेटघाटमा नेपालका लागि चीनीयाँ महामहिम राजदुत होउ यान्छीले दुई देश वीच विद्यमान आपसी विश्वास र मित्रता महत्वपूर्ण रहेको कुरा बताइन् । साथै चीनीया उत्पादनहरु सस्तो तथा गुणस्तरयुक्त भएको कारण विश्वमा नै ठुलो निर्यातमूलक राष्ट्र भएको कुरा बताइन् ।
साथै दुई देश वीचको व्यापार बृद्धिमा नेपाल तर्फको साँगुरो सडक नै वाधकको रुपमा देखा परेको हुँदा दुवै राष्ट्र नेपालको सडक निमार्ण तथा विस्तारमा लागि परेको कुरा बताइन् । नेपालमा विमानस्थालहरुको निर्माण तिव्र गतिमा भइरकेको र हालै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थालको प्रोजेक्ट पूर्ण गरी हस्तान्तरण गरिसकेको कुरा बताइन् । अबका दिनहरुमा दुई देश वीच भएका विविध सम्झौताहरुको कार्यान्वयनमा जोड दिने जानकारी दिइन् ।
साथै नेपाल चीन उद्योग वाणिज्य संघ एक अग्रणी संस्था भएको र दुई देश वीचको आर्थिक, व्यापारिक, सांस्कृतिक, पिपल टु पिपल सम्बन्ध आदि प्रवद्र्धनमा गर्दै आएको कार्य सह्रायिन रहेको र भविष्यमा समेत राजदुतावासले दुई देश वीचको व्यापार, पर्यटन तथा आर्थिक क्रियाकलापहरुमा सहकार्य गर्ने कुरा बताइन् ।
भेटघाटका क्रममा संघका अध्यक्ष त्रिभुवनधर तुलाधरले दुई देश वीचको सदियौं पुरानो ऐतिहासिक सम्बन्धको चर्चा गर्नु हुँदा संघका गतिविधिहरु तथा दुई देश वीच विद्यमान व्यापारिक संभावना र समस्याहरु वारे जानकारी दिए । संघको विभिन्न जिल्लाहरुमा १२ वटा च्याप्टर रेहेको र संघले हालसम्म चीनका ३५ वटा China Council for the Promotion of International Trade (CCPIT) अन्तगर्तका सव काउन्सील तथा संगठनहरुसंग समझदारी पत्रमा हस्ताक्षर गरी व्यापारिक सूचना, प्रतिनिधि मण्डलको आदान प्रदान, व्यापारिक मेला, एस्पो, सेमीनारमा सहभागिता आदिमा सहकार्य गरी अघि बढीरहेको कुरा बताए ।
हालै चीनका सम्माननीय राष्ट्रपती सि जिनपिङज्यूको नेपाल भ्रमणबाट दुई देश वीचको आर्थिक, लगानी तथा पर्यटनमा बृद्धि हुने बताए । नेपाल चीन वीच नयाँ हवाई गन्तव्य विस्तार भएको र संघाई जस्तो ठुलो शहरहरुमा समेत सो सेवा विस्तार गर्नु पर्ने जसबाट नेपाल भ्रमण वर्ष २०२० सफल हुने बताए ।
लार्चामा सुख्खा वन्दरगाह संचालनमा आएको र सडक मार्गबाट छिटो सुरक्षित रुपमा सामान नेपाल आईपुग्ने हुँदा धेरै आयातकर्ताहरु त्यसतर्फ आकर्षित भइरहेको हुँदा रसुवा तथा तातोपानी नाकामा भौतिक पूर्वाधारको विकास गर्नु पर्ने बताए । नेपालमा स्थायी सरकार रहेको र लगानी मैत्री वातावरण वन्दै गइरहेको हुँदा चीनीया लगानीकर्ताहरुलाई नेपालका विविध संभावित क्षेत्रमा ठुलो लगानी ल्याउन पहल गर्न आग्रह गरे । साथै चीनमा हुने व्यापार मेलाहरुमा संघको सहकार्यमा व्यापारिहरुले नेपाली उत्पादन प्रदर्शन गरिरहेको र यस कार्यमा दुतावासबाट समेत सहयोगका लागि आग्रह गरे ।
FACEBOOK COMMENTS