काठमाडौं, चैत १७ – नेपालमा पछिल्लो २४ घन्टामा कोरोनाको नयाँ संक्रमित फेला नपरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताएका छन् ।
सोमबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा डा। देवकोटाले पछिल्लो २४ घन्टामा नयाँ संक्रमित नथपिएको जानकारी दिएका हुन्।
मन्त्रालयले हरेक मृत्युलाई कोरोना भाइरस (कोभिड–१९) सँग नजोड्न समेत आग्रह गरेको छ । कोरोना भाइरस संक्रमित चार जना बिरामीले भेटेका व्यक्तिहरुमा कोरोना पोजेटिभ नदेखिएको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ। चार बिरामीका आफन्त, उनीहरुले भेटेका केही साथीसर्कलको नमूना परीक्षण गरिएको थियो।
हालसम्म जम्मा ९ सय ७३ जनाको परीक्षण भइसकेको छ। आइतबारदेखि सोमबार चार बजेअघि रिपोर्ट आएका ७६ सशंकित बिरामीमा पनि कोरोना देखिएको छैन।
कोरोनाको आशंकामा ७ जना आइसोलेसनमा छन्। तीन पाटन अस्पताल र चारजना टेकुमा रहेको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताएका छन्।
FACEBOOK COMMENTS