काठमाडौं, माघ १० -नेपालमा पनि ‘कोरोनाभाइरस’ संक्रमित व्यक्ति भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
चीनबाट नेपाल आएका एक विद्यार्थीको स्वास्थ्य परीक्षणमा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
वुहानबाट फर्किएकी उनको टेकुमा स्वास्थ्य परीक्षण गरिएको थियो । शंकास्पद देखिएको ‘रिपोर्ट’लाई हङकङ पठाइएको र हङकङबाट कोरोनाभाइरस पुष्टि भएको मन्त्रालयले जनाएको हो ।
यसबारे इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सघन निगरानी तथा विस्तृत अध्ययन गरिरहेको मन्त्रालयले जनाएको छ ।
‘बिरामीका नजिकको सम्पर्कमा आएको हुन सक्नेहरुको खोजी गरी पहिचान र परीक्षणको काम हुँदैछ’ मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ‘यसबारे अन्तर्राष्ट्रिय स्वास्थ्य नियमावलीका प्रावधानअनुसार विश्व स्वास्थ्य संगठनलाई चाँडै विस्तृत परिवतरणसहित जानकारी गराइँदैछ ।
कोरोनाभाइरसले चीनमा महामारीको रुप लिँदै गएको छ । चीनबाट सो भाइरस अरु देशमा फैलिने क्रममा छ ।
FACEBOOK COMMENTS