काठमाडौं- नेपाल चीनबीच सम्पन्न पारवहन सन्धीको कार्यविधि मा सहमति जुटेको छ। सन् २०१६ मा प्रधानमन्त्रीको रुपमा केपी शर्मा ओली पहिलो पटक चीन भ्रमण गर्दा चीनसँग यातायात तथा पारवाहान सम्झौता भएको थियो।
सम्झौताको कार्यविधिमा सहमति जुट्न नसक्दा सम्झौता कार्यान्वयन हुन सकेको थिएन। बिहीवार मध्यराती भएको सहमतिपछि कार्यविधिमा हस्ताक्षर भएसँगै नेपालले चिनियाँ बन्दरगाह प्रयोग गर्ने बाटो खुलेको छ।
नेपालले यी बन्दरगाहको प्रयोग गर्दै तेस्रो मुलुकसँग सामान ल्याउन पाउने छ। हाल नेपालले तेस्रो मुलुकसँगको व्यापारका लागि भारतीय बन्दरगाहको प्रयोग गर्दै आएको छ। चीनसँगको यो सहमतिसँगै अब तेस्रो मुलुकसँगको व्यापारका लागि भारतीय पररनिर्भरताको अन्त्य भएको छ।
थियान्जिन बन्दरगाह
थियान्जिन बन्दरगाह उत्तरी चीनको सबैभन्दा ठूलो बन्दरगाह हो। यो बन्दरगाह चीनको राजधानी बेइजिङको मुख्य सामुद्रिक प्रवेशद्वारसमेत हो। यसलाई नयाँ बन्दरगाहको रुपमा पनि चिनिन्छ। चीनको मुख्य खाडी पोहआईमा अवस्थित यो बन्दरगाह राजधानी बेइजिङबाट १७० किलोमिटर दक्षिणपूर्वमा अवस्थित छ भने थियान्जिन शहरबाट ६० किलोमिटर पूर्वमा पर्छ।
सेन्चेन बन्दरगाह
सेन्चेन बन्दरगाह विश्वकै फास्टेस्ट ग्रोइङ पोर्ट हो। विश्वको व्यस्त कन्टेनर पोर्ट मध्ये तेस्रो स्थानमा रहेको यस बन्दरगाहमा २०१७ मा मात्र २ करोड ५६ लाख ७० हजार कन्टेनरहरु उतारिएको थियो।
यो बन्दरगाह चीनको सेन्चेन शहरमा २६० किलोमिटर फराकिलो सामुद्रि किनारामा फलिएको छ। यो बन्दरगाह चीन र चिनियाँ विशेष प्रशासनीक केन्द्र हङकङको प्रवेशद्वार पनि हो। यो बन्दरगाह हङकङबाट ३७ किलोमिटरको दुरीमा छ भने गोन्जाओबाट १११ किलोमिटरको दुरीमा छ।
लियानयुनक्याङक बन्दरगाह
यो बन्दरगाह चीनको उत्तरपूर्वी कियांसु प्रान्तमामा अवस्थित छ। प्रान्तको अग्लो हिमाल युन्थाइ हिमालदेखि समुद्री किनारसम्म फैलिएको यो बन्दरगाह सन् १९०५ देखि वैदेशिक व्यापारका लागि खुला गरिएको थियो।
वैदेशिक व्यापारका लागि पहिला खोलिएका प्रवेश विन्दु मध्य एक यो बन्दरगाह पनि हो। यो बन्दरगाह नजिक चीनकै ठूलो न्यूक्लियर पावर प्लान्ट थियानवान न्यूक्लियर पावर प्लान्ट छ।
चनजियाङ बन्दरगाह
यो बन्दरगाह चीनको इन्ल्याण्ड रिभर पोर्ट हो। यस पोर्टमा वर्ष १०१३ मा १४ करोड ढ लाख ८४ हजार टन कार्गो भित्रिएको थियो। यो बन्दरगाह याङ्कथ्च नदीमा किनारमा अवस्थित छ। यो नदीको औसत गहिराइ ११ मिटर रहेको छ। वर्षभर यहँ ५० हजार डिडब्लुटी जहाज सञ्चालन हुन सक्छन्।
यो बन्दरगाह चीनको हान शासनकाल देखि नै प्रयोगमा रहेको बताइन्छ। यो बन्दरगाह वैदेशिक व्यापारका लागि १८५८ देखि खुला गरिएको हो। यो बन्दरगाह ३८ किलोमिटर क्षेत्रफलमा फैलिएको छ।
लान्चाओउ सुख्खा बन्दरगाह
यो सुख्खा बन्दरगाका चीनको उत्तर पूर्वी कोङसु प्रान्तको राजधानीमा अवस्थित छ। एल्लो नदीको किनारमा अवस्थित लान्चाओउ सहर उत्तरी सिल्क रोडको मुख्ख लिंक पनि हो। यो शहर औद्योगिक तथा पेट्रोकेमिकल उद्योगका लागि प्रख्यात छ।
चीनको अन्तर्राष्ट्रिय ल्यान्ड पोर्टले उत्तर पश्चिम चीनलाई दक्षिण तथा दक्षिण पूर्वी एसियाका महत्वपूर्ण मानिन्छ। यही पोर्ट भएर भारतले नाकाबन्दी लगाउँदा नेपालका लागि चिनियाँ रेल छुटेको थियो सन् २०१६ को मेमा। यही बन्दरगाह हुँदै नेपालसम्म सन् २०१६ मा १४ अर्बभन्दा बढीको सामाग्री भित्रिएको थियो।
यो बन्दरगाह काठमाडौं देखि ३०५१ किलोमिटरको दुरीमा छ। यो रुटमा हाल २४३२ रेलमार्ग र बाँकी सडक मार्ग पर्छ। नेपालसम्म पहुँचका लागि रेलवे र सडकमार्गको प्रयोग हुने छ।
त्यस्तै नेपालले चीनका ल्हासा र सिकात्सेमा रहेका बन्दरगाह समेत प्रयोग गर्न पाउने छन्।
FACEBOOK COMMENTS