नेपाली औषधि उधोगलाई धरासायी बनाउन खोजियो भन्दै नेपाल औषधी उत्पादक संघ तीन दिन देखी धर्नामा
काठमाडौं, ३१ असार – नेपाल औषधी उत्पादक संघले तीन दिन देखी निरन्तर धर्ना जारी राखेको छ । संघले आज असार ३१ गते पनि औषधि ब्यबस्था विभागमा बिहान ११.०० बजे देखि १२ :३० बजे सम्म शान्तिपूर्ण धर्ना कार्यक्रम गरेको छ।तीन दिन देखि जारी यस आन्दोलन सरकारले नेपालि औषधी उधोगलाई आत्मानिर्भर बनाउने कार्य नगर्दासम्म जारी रहने संघले जनाएको छ ।विभिन्न बहानामा नेपाली उधोगहरुको प्रबर्दनका विरुध्दमा गरिएका निर्णय तत्काल फिर्ता लिन समेत संघलेआग्रह गरेको छ । नेपाल औषधि उत्पादक संघले यस अघि विभागिय मन्त्रीलाई भेटेर नै विभिन्न समयमा नेपाल सरकारले गरेका निर्णयको कार्यान्वयन गरिदिन १८ बुदे माग बुझाइसकेको र मन्त्रीबाट औषधी परामर्श परिषदको बैठक राखी तत्काल कार्वान्वयन गर्ने आश्वासन मात्र पाएको उल्लेख गरेको छ । संघले उक्त परिषदको बैठकको लागि आफ्ना मागहरु पनि बुझाइसकेको अवस्थामा एक्कासि स्यानेटाइजर को दर्ता समय थपले बाध्य भएर आन्दोलनमा उत्रनुपरेको स्पस्ट पारेको छ ।
मन्त्रिस्तरिय निर्णयले गत असार २२ गते स्यानेटाइजरको दर्ताको लागि थप ३ महिना समयावधि दिने निर्णयको बिरोध गरेका हुन। नेपाल औषधि उत्पादक संघको अनुसार दर्ता समय थपिनु भनेको बिना दर्ता र बिना गुणस्तर परिक्षण थप ३ महिना बजारमा स्यानेटाइजर बिक्री गर्न दिनु जनताको स्वास्थ्य माथिको खेलवाड हो ।
यो वा त्यो बहानामा नेपाली उधोगहरुको प्रबर्दनमा विरुध्दमा गरिएका निर्णय तत्काल फिर्ता लिन संघले आग्रह गरेको छ । नेपाल औषधि उत्पादक संघले स्यानेटाइजरमा नेपाली औषधी उधोग आत्मनिर्भर भईसकेको हुदा बिना दर्ता र गुणस्तर परिक्षण बिक्रि गर्न दिने निर्णय फिर्ता लिनु पर्ने , २०७४÷०२÷१७ गते स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने एबं औषधीमा आत्मनिर्भर उन्मुख गराउने निति तर्जुमा गर्ने सम्बन्धमा औषधी ब्यबस्था बिभागका निर्देशकको संयोजकत्वमा अर्थ, उधोग, बाणिज्य, स्वास्थ्य तथा स्वतन्त्र अर्थबिद सहितको बिज्ञ समुहले दिएको प्रतिवेदनका आधारमा ३० वटा उत्पादनको कच्चापदार्थ मात्र आयात गर्ने निर्णय गरि मन्त्रालयबाट कार्यान्वयनको लागी कार्यतालिका सहित पठाइएको निर्णय तत्काल कार्यान्वयन गर्न, २०७४÷०२÷१९ गतेको मन्त्रिपरिषदको निर्णयले स्वीकृत प्रबिधिजन्य स्वास्थ्य सामाग्री तथा उपकरण सम्बन्धि निर्देशिका २०७४ बमोजिम औषधी ब्यबस्था बिभागले नियमन गर्नेगरि स्वीकृति गरिएको भएतापनि ती सामाग्रीहरुको उत्पादन र नियमनको कुनैपनि कार्यको थालनी हालसम्म पनि नगरिदा मास्क, निसंक्रमक , पिपिई,कस्मेटिक, खाध्य परिपुरक,भिटियम लगायत उत्पादन नेपालमै उत्पादन हुनसक्ने भएपनि बिदेशी बाट खरिद गर्न बाध्य पारिएको भन्दै रोष प्रकट गरेको छ । स्वदेशी औषधी उधोगले कुनैपनि औषधीको उत्पादन गर्न चाहेमा उत्पादन अनुज्ञापत्र दिनु पूर्व औषधी सल्लाहकार समितिबाट स्वीकृत लिनुपर्ने तर सोहि औषधी आयात गर्न बिशेष अनुमति र पछि सल्लाहकार समिति बाट अनुमोदन गराउने ब्यबस्था गरिएको छ भन्दै संघले सो व्यवस्थाको विरोध गरेको छ । स्वदेशी उधोगले कुनै नयाँ औषधी उत्पादनको अनुमति मात्र लिन पनि बर्षौं कुर्नु पर्ने जस्ता विभेदकारी निर्णय सच्याउन, स्वदेशी औषधी उधोगको जिएमपी प्रमाणिकरणको लागी निरिक्षण पश्चात पनि महिनौं सम्म प्रमाणिकरण नगर्ने तर बिदेशी उधोगको हकमा हप्ता दिनमै दर्जनौ उधोगको निरिक्षण गरि प्रमाणिकरण गर्ने गरिएको साथै हरेक दुई बर्षमा बिदेशी कम्पनीको पनि अडिट गरिनु पर्ने , मिति २०७६÷११÷१९ गतेको राजपत्र मा प्रकाशित गरि स्वदेशी उधोगलाई मात्र भार पर्ने गरि कच्चापदार्थको आयात सिफारिसमा समेत राजश्व दस्तुर लिने गरि असामान्य रुपमा १२ गुणा सम्म राजश्व दस्तुर बृद्धि गरिएको हुँदा स्पष्ट रुपले स्वदेशी उधोगलाई हतोत्साहित गरिएको संघको दाबी छ। नेपाल सरकारले हरेक बर्ष नेपाली औषधी उधोगलाइ संरक्षण गरि आत्मनिर्भर बनाउने भनि लेख्ने तर कहिल्यै पनि उधोगको बिकाश नगरेका कारण नै यो समयमा पनि आन्दोलनमा होमिन बाध्य पारिएको संघले बताएको छ ।
बिदेशीले कठिन समयमा औषधी निकासी रोक्न सक्ने तर नेपाल सरकारले आत्मनिर्भर भईसकेको औषधी आयात रोक्न किन नसक्ने नेपाली उधोगको बिकाश र राष्ट्रलाई आत्मनिर्भर बनाउन,कोरोना भाइरसको संक्रमणको यो बेला गुणस्तरिय उत्पादन मात्र बजारमा बिक्रि गर्न पाउनु पर्नेमा सरकारको यो निर्णयले जनताको स्वास्थ्यमा असर पर्ने पक्का रहेको भन्दै संघले सरकारलाई प्रश्न गरेको छ । धर्ना कार्यक्रम सरकारको बिरोध स्वरुप नभइ सरकारलाई ध्यानाकर्षण स्वरुप गरिएको र यो वा त्यो कुनै पनि बहानामा बिना दर्ता र गुणस्तर परिक्षण कुनै पनि स्वास्थ्य सामाग्रीको बिक्रि बितरण रोक्नुपर्छ भन्ने संघ ले विचार राखेको छ । ‘ नेपाली उत्पादकहरूले पुर्ण रुपमा गुणस्तरको सुनिस्चितता र दर्ता गरेर आफ्ना उत्पादन बजारमा बिक्रि गरिरहदा कुनै पनि उत्पादन दर्ता नगरी बजारमा बिक्रि गर्न पाउने सरकारको यो निर्णयले नेपाली औषधी उधोगलाई धरासायी बनाउन कुनै शक्ति लागिपरेकाले राष्ट्रिय उधोगहरुलाइ जोगाउन लगातार धर्ना र बिरोध गरिरहने र देशलाई आत्मनिर्भर बनाउन संघ पनि उत्तिकै जिम्मेवार छ’ संघले भनेको छ । नेपालि उधोगीहरु धर्नामा बसेर बिरोधको कार्यक्रम गरेको इतिहासमा नै पहिलो हो। नेपाल औषधी उत्पादक संघको यस कार्यक्रमलाइ नेपाल आयुर्बेद उत्पादक संघ,निर्यात ब्यबसायी महासंघ ,कम्प्युटर एसोसियसन नेपाल,नेपाल जेम्स तथा ज्वलेरी एसोसियसन,नेपाल कार्गो तथा कुरियर संघले पनि एक्येबद्धता जनाएको छ।
FACEBOOK COMMENTS