काठमाडौं, १३ चैत्र – इजरायल सरकारले कोरोना भाईरसको संक्रमणलाइ नियन्त्रण गर्न आपतकालिन नियम लागु गरेको छ । ईजरायल सरकारले २०२० मार्च २५ साँझ ५ बजे देखि लागू हुने गरी ७ दिनका लागि नयाँ आपतकालिन नियमहरु लागू गरेको हो । त्यसो त तेल अभिभ स्थित नेपाली दुतावासले इजरायलमा लागु भएको नयाँ नियम सम्बन्धमा नेपाली समुदायलाई जानकारी दिलाउन थालेको छ । दुतावासले संचार माध्यम, सामाजिक संजाल, टेलिफोन, इमेल लगायतका माध्यम प्रयोग गरि तत् सम्बन्धमा जानकारी दिदै आएको राजदुत अन्जान शाक्यले जानकारी दिएकी छिन् । दुतावासद्वारा जारी सुचना कोरोना भाईरसको संक्रमणलाइ नियन्त्रण गर्न ईजरायल सरकारले २०२० मार्च २५ साँझ ५ बजे देखि लागू हुने गरी ७ दिनका लागि नयाँ आपतकालिन नियमहरु लागू गरेको छ : १. अत्यावश्यक (खाना, औषधी तथा अत्यावश्यक सामान खरिद गर्न, उपचार गर्न लगायत) बाहेक आफ्नो निवास छोड्न रोक लगाइएको छ । छोटो समयका लागि घरबाहिर निस्कन मिल्नेछ तर १०० मिटरको दुरीभन्दा टाढा जान मिल्नेछैन । यसरी निस्कदा पहिले जस्तो २ मिटरको दुरी कायम गर्नुपर्नेछ । ६० बर्ष र सो भन्दा बढी उमेरसमुहका मानिसहरु घरबाहिर निस्कन मिल्नेछैन । २. सार्वजनिक सवारी साधनहरुलाई कटौती गरी साविकको २५ प्रतिशतमा सिमित गरिएको छ । ट्याक्सी प्रयोग गर्दा यात्रु १ जना मात्र हुनुपर्नेछ, यात्रु पछाडि बस्नुपर्नेछ र ट्याक्सिको झ्याल खुला राख्नुपर्नेछ । ३. नियमहरुको अवज्ञा दण्डनीय हुनेछ । ईजरायलस्थित सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई ईजरायली सरकारले जारी गरेका नियमहरुको बारेमा जानकार हुन, पालना गर्न र कोरोनाबाट बच्नका लागि अपनाउनुपर्ने सावधानीका उपायहरु अवलम्बन गर्न अनुरोध गर्दछौं ।
डा. अन्जान शाक्य राजदूत तथा नेपाली राजदूतावास, तेल अबिब परिवार
FACEBOOK COMMENTS