काठमाडौं, पुस २७ – नेपाली राष्ट्रिय फूटबल टिमका पूर्व गोलरक्षक लोकबहादुर शाहीको निधन भएको छ। एन्फाका पूर्व महासचिव समेत रहेका शाहीको निधन आइतबार राति दैलेखको पुर्ख्यौली घरमा भएको हो ।
उनको आज अन्तिम संस्कार गरिने जनाइएको छ । उनले सन् १९७९ देखि १९८९ सम्म एक दशक राष्ट्रिय टोलीमा नेपालको गोलपोष्ट सम्हालेका थिए ।
उनी सन् १९८४ मा नेपालमा भएको पहिलो साफका स्वर्ण पदक विजेता पनि हुन् । उनी २०५२ सालमा भएको एन्फा निर्वाचनमा महासचिवमा निर्वाचित भएका थिए ।
FACEBOOK COMMENTS