काठमाडौं,माघ २७- चीनको कोरोना भाइरस प्रभावित क्षेत्रबाट उद्धार गरिने नेपालीहलाई ल्याउनको लागि नेपाल एयरलाइन्सको वाइडबडी ९एयरबस ३३०० विमान जाने भएको छ ।
आगामी शुक्रबार चीन जाने तयारीमा रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयका सूचना अधिकारी सुरेश आचार्यले जानकारी दिए । यद्यपी प्रधानमन्त्री कार्यालयबाट आएको निर्देशन अनुसारनै समय अझै अगाडि समेत हुन सक्ने आचार्यले बताए ।
मन्त्रालयको अनुसार चीनको वुहानबाट करिब १८० जना नेपालीहको उद्धार गरिनेछ । वुहानमा अधिकांश अध्ययनका लागि गएका नेपालीहरु छन् ।
FACEBOOK COMMENTS