जमुना भण्डारी
काठमाडौं, फागुन २७ – नेपालीको प्रमुख श्रम गन्तव्यमा पर्ने कतारले नेपाली श्रमिकलाई अस्थायी प्रतिबन्ध लगाएको छ। विश्वलाई नै आक्रान्त पारेको कोरोना भाइरस (कोभिड–१९) को कारण देखाई कतारले नेपाल सहित १४ देशका नागरिकलाई आफ्नो देश प्रवेशमा रोक लागाएको छ ।
कतार सरकारले लगाएको यो अस्थायी प्रतिबन्धले नेपालको अर्थतन्त्रमा असर पार्ने देखिएको छ । धेरै नेपालीको श्रम गन्तव्यको रुपमा रहेको कतार जान चाहने र बिदामा घर आएका नेपाली अब अर्का सूचना जारी नभए सम्म वा प्रतिबन्ध फुकुवा नभएसम्म कतार जान पाउँने छैनन् । यसको सिधा असर रेमिटेन्समा पर्ने देखिन्छ ।
वैदेशिक रोजगार विभागका अनुसार हाल कतारमा साढे चार लाख नेपाली श्रमिकले काम गरिरहेका छन् भने चालु आर्थिक बर्षको पहिलो ४ महिनामा १२ हजार २सय ७४ जना नेपालीले कतार जान नयाँ श्रम स्वीकृति लिएका छन्।
त्यसै गरी नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार सबै भन्दा धेरै रेमिटेन्स भित्रिने देशमा कतार पहिलो स्थानमा रहेको छ । राष्ट्र बैंकका अनुसार चालु आवको पहिलो चार महिनामा कतारबाट ५३ अर्ब ९३ करोड रेमिटेन्स देशमा भित्रिएको छ। यो नेपाल भित्रिने सम्पूर्ण रेमिटेन्सको १७।७ प्रतिशत हो । यति धेरै रेमिटेन्सको हिस्सा ओगटेको कतारको श्रम गन्तव्य तत्काल खुल्ने संभावना देखिदैंन् । यसले नेपालको अर्थतन्त्रमा ठूलो असर गर्ने देखिन्छ ।
नेपालीका अन्य श्रम गन्तव्य रहेका खाडी मुलुकले पनि प्रतिबन्ध लगाए भने नेपाली अर्थतन्त्र थला पर्ने स्थिती अहिले देखिएको छ। नेपाली कामदारको प्रमुख गन्तव्य खाडी मुलुक नै हुन्। नेपाली संयुक्त अरब इमिरेट्स ९यूएई०, साउदी अरबिया, मलेसिया दक्षिण कोरिया, बहराइन, इजराइल र जोर्डन लगायतका देशमा श्रमका लागि जाने गरेका छन् ।
FACEBOOK COMMENTS