काठमाण्डौँ — अमेरिकाले नेपालीसँग लिँदै आएको भिसा शुल्क घटाउने भएको छ ।
भिसा प्रोसेसिङको नाममा लिँदै आएको थप दुई सय डलर नलिने भएको हो ।
गृह मन्त्रालयका अनुसार अमेरिका जाने नेपाली विद्यार्थीले ३६० डलर र पर्यटकले २२० डलर तिर्दै आएका थिए ।
अब १६० डलर मात्रै तिर्नुपर्ने गरी समझदारी भएको छ ।
‘अमेरिकाले भिसा प्रोसेसिङका लागि लिँदै आएको थप दुई सय डलर हटाउन आग्रह गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले ाए ।
अमेरिकाले अध्ययनका लागि भिसा प्रक्रियामा सहभागी नेपाली विद्यार्थीसँग भिसा नलागे पनि तीन सय ६० डलर लिँदै आएको छ ।
हाल नेपालमा कुनै पनि देशको पर्यटक एक वर्षमा बढीमा पाँच महिना मात्र बस्न पाउँछन् । तर, भिसा पारस्पारिकतापछि अमेरिकी नागरिकहरू भने ६ महिनासम्म बस्न पाउँछन् ।
अमेरिकाले पनि पर्यटक भिसामा एक वर्षमा ६ महिना बस्न दिने सहमति जनाएको छ ।
— नयाँ पत्रिका
FACEBOOK COMMENTS