काठमाडौं, कात्तिक १९ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा साताको चौथो दिन आज (बुधबार) घटेको छ । आज नेप्से २.३९ अंकले घटेर १ हजार ६ सय ४० दशमलव ६४ विन्दुमा कायम भएको छ ।
नेप्सेका अनुसार आज एक अर्ब ७५ करोड ७४ लाख २३ हजारको कारोबार भएको छ । आज कारोबार भएका समूहमध्ये ५ वटा समूहबाहेक अन्य सबै राताम्मे भएका छन् ।
बुधबार काराेबार रकमकाे आधारमा प्राइम कमर्सियल बैंक लिमिटेडले अग्रता कायम गर्न सफल भएकाे छ । बैंककाे ९ कराेड ५३ लाख ३ हजार ४ सय ३३ रूपैयाँ बराबरकाे काराेबार भएकाे छ ।
FACEBOOK COMMENTS