काठमाडौं । बुधबार नेप्से परिसूचक आज ४.१३ अंकले घट्दै २८२३.८७ विन्दुमा रोकिएको छ । कारोबार रकममा पनि गिरावट आएको छ । आज १ करोड ६२ करोड ४८ लाख १ सय कित्ता सेयर किनबेचमा ५ अर्ब ८३ करोड ८५ लाख रूपैयाँ कारोबार भएको छ ।
आज विकास बैंक, हाइड्रोपावर, फाइनान्स, ननलाइफ इन्स्योरेन्स, उत्पादन तथा अन्य समूह बाहेक सबै समूह रातो भए ।आजको बजारमा सर्वाधिक कारोबार हिस्सा ओगटेको नेपाल इन्स्योरेन्सको ३० करोड ४२ लाख ५८ हजार बराबरको सेयर कारोबार भएको छ ।