काठमाडौं, ११ फागुन – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मंगलबार २ वटा कम्पनीको ११ लाख ६० हजार ४४६.९७ कित्ता बोनस सेयर सूचीकृत भएको छ । जसमा आइसीएफसी फाइनान्सको ९ लाख ७७ हजार ६३८ कित्ता (१०.५०%) र स्पर्स लघुवित्तको १ लाख ८२ हजार ८०८.९७ कित्ता (१९.५०%) कित्ता बोनस सेयर रहेको छ ।
दुवै कम्पनीले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट यो बोनस सेयर वितरण गरेका थिए । सोही बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
FACEBOOK COMMENTS