काठमाडौं- नेवाः संस्कृति प्रबर्धन गर्दै आएको नेप्लिज फेशनहोमले पूर्व संचार मन्त्री पार्वत गुरुङको साथमा गुरु पुर्णिमा मनाएको छ । गुरु पूर्णिमाको शुभअवसरमा गूरुप्रति आदर सम्मान प्रकट गर्न किडस क्विन बिजेताहरु, लिटिल नेवाः बिजेताहरु तथा मिस नेवाःका बिजेताहरुको बाक्लो उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा संस्थाका अध्यक्ष हेमा मानन्धर ज्युले गुरु पूर्णिमाको महत्व तथा आफुले समाजमा गर्नुपर्ने दायित्व प्रति प्रकाश पार्दैसम्पूर्ण विद्यार्थीमा ममता र गुरुहरु प्रति हार्दिक नमन प्रकट गरिन। मिस नेपाः सुनिता डंगोलले उदघोषण गरेको उक्त कार्यक्रममा समाज प्रति समर्पित भई कोरोनाको महामारीमा पनि आफ्नो ज्युज्यानको परवाह नगरी समाजसेवा गर्ने समाजसेवी महिला अनु उर्मिला शेरचन ज्युलाई वल्र्ड बुक अफ रेकर्डबाट प्राप्त अवार्ड प्रमाणपत्र प्रमुखअतिथी ज्यूको हातबाट उहालाई प्रदान गरिएको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष हेमा मानन्धर, नेपाल क्योकुशिन सेईसिन काईकान कराँते संघका अध्यक्ष तथा प्रमुख प्रशिक्षक अशोक कुमार श्रेष्ठ, कोरियोग्राफर रोजिन शाक्य, लिपी प्रशिक्षक तथा मिसनेवाःसुनिता डंगोललाई पूर्व मिस नेवाः नितु डंगोल, हालको मिस नेवाः बिजेता कृषा महर्जन, उपविजेता प्रिया तण्डुकार लगायत सम्पूर्ण किड क्विन, लिटील नेवाहरुले अबिर, खादा लगाई गुरु पुजा गरेका थिए । संस्थाले मिस नेवाः, लिटील नेवाः, किड्स क्विन, प्रिन्सेस नेपाल जस्ता ख्याती प्राप्त कार्यक्रमहरुको आयोजना गरी विगत १७ वर्ष देखि युवती तथा बालबालिकाहरुको प्रतिभालाई प्रस्फुटन गर्ने थलो प्रदान गर्दै आउनुको साथै मुख्यगरी नेवार भाषा, कला, संस्कृति तथा संस्कारको जगेर्नाका निमित्त महत्वपूर्ण भूमिका निर्वाह गर्दै आईरहेको छ ।
FACEBOOK COMMENTS