काठमाण्डौँ — नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लि. र जनता बैंक नेपाल लि. बीच मिति तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
यस सम्झौताअनुसार एन.बी.आईले जनता बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ ।
यस्तै जनता बैंक ले आफ्नो कर्मचारीहरुका लागि नेशनल बैंकिङ्ग इन्ष्टिच्युटबाट न्युनतम रु ५० लाख बराबर रकमको वार्षिक तालिम संचालन गराउने छ ।
सम्झौतापत्रमा जनता बैंक नेपाल लि. का तर्फबाट प्रमुख कार्यकारी अधिकृत परशुराम कुवंर क्षेत्री र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाले हस्ताक्षर गरे ।
FACEBOOK COMMENTS