काठमाडौं, जेड १३ – नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको लहान शाखाबाट २५ लाख रूपैयाँको घातक रोग दाबी भुक्तानी गरेको छ । सिरहाको लहान नगरपालिका–१ निवासी शकुन्तला पोद्दारले गरेको जीवन बीमाबापतको रकम उनको भतिज गोविन्द अग्रवाललाई कम्पनीले आज बिहीबार हस्तान्तरण गरेको हो ।
शकुन्तला कुमारी पोद्दारले २७ असोज २०७६ मा २५ लाख रूपैयाँको ‘जीवन अमृत योजना’को पोलिसी किनेकी थिइन् । दाबी भुक्तानी कार्यक्रममा शाखा प्रमुख सञ्जयकुमार सिंह, सिनयर एजेन्सी मेनेजर मोहन झा र पोद्दारको स–परिवारको उपस्थिति थियो ।
बीमा दाबी भुक्तानी ग्रहण गर्दै बिमितको भतिज गोविन्द अग्रवालले घातक रोग दाबी भुक्तानी सरल र सहज रूपमा पाएको बताएको प्रतिक्रिया दिए ।
FACEBOOK COMMENTS