काठमाडौं, बैशाख १८ – नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले पूर्णावधि दावी (Maturity Claim) वापत १ करोड ८४ लाख ४१ हजार ९८५ रुपैयाँ रकम बीमितलाई भुक्तानी गरेको छ ।
लकडाउनको अवधिमा डिजिटल माध्यमबाट विविध बीमासेवा उपलब्ध गराउँदै आएको यस कम्पनीले सो अवधिमा उक्त रकम भुक्तानी गरेको हो । कम्पनीले डिजिटल प्रविधिवाट बीमाशुल्क भुक्तानी लिने र बीमितलाई अन्य सेवा सुविधा समेत उपलब्ध गराइरहेको छ ।
कम्पनीले आफ्नो सम्पूर्ण कर्मचारीहरुको कोरोना (कोभिड- १९) रोग वापत एक वर्षको लागि बीमा गरेको कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले जानकारी गराएका छन् । सो रोग लागेको पि.सि.आर प्रविधिवाट प्रमाणित भएमा तुरुन्त बीमाङ्क रकम प्रदान गर्ने व्यवस्था रहेको छ ।
यसवाट कम्पनीमा कार्यरत कर्मचारीहरुको मनोवल उच्च हुने र ब्यवसायमा सकारात्मक प्रभाव पार्ने कम्पनीको विश्वास छ ।
FACEBOOK COMMENTS