काठमाडौं, १५ चैत – डेभोन कोनवे र ईश सोधीको उत्कृष्ट प्रदर्शनप्रेरित न्युजिल्यान्डले आज पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बंगलादेशलाई ६६ रनले पराजित गरेको छ।
कोनवेले ९२ रन बनाएपछि ह्यामिल्टनस्थित सेडोन पार्कमा टस जितेर ब्याटिङ रोजेको न्युजिल्यान्डले २० ओभरमा तीन विकेट गुमाएर २१० रन बनायो।
सोधीले चार विकेट लिएपछि २११ रनको लक्ष्य पछ्याएको बंगलादेशले ८ विकेट गुमाएर १४४ रनमात्रै बनाउन सक्यो।
FACEBOOK COMMENTS