काठमाडौं, पुस २६ – विभिन्न प्रकारका प्लाष्टिकका पाईपहरु उत्पादनमा अग्रणी रहेको पञ्चकन्या समूहले सीपीभीसीको नयाँ ग्रेडको फ्लेम प्रो पाइप्स एण्ड फिटिङ (फायर स्प्रिङ्कल सेरिज) र ट्रान्सपरेन्ट फिटिङ बजारमा ल्याएको छ ।
शुक्रबार राजधानीमा एक कार्यक्रमकाबीच पञ्चकन्या गु्रपले नेपालमै पहिलो पटक सीपीभीसीको नयाँ दुई ग्रेडको फ्लेम प्रो पाईप तथा फिटिङस र ट्रान्सपरेन्ट फिटिङ्स भित्राएको हो ।
साथै, फ्लेम प्रो पाईपहरु आगो प्रतिरोधात्मक, जडान गर्न सजिलो, नन–कोरोसिब, केमिकल तथा यूभी रेसिष्टेण्ट जस्ता गुणहरुले युक्त भई वातावरण हिसावले अनुकूल, तुलनात्मक रुपले किफायती र सस्तो रहेको पञ्चकन्या समूहले जनाएको छ ।
यो उत्पादनलाई फायर स्प्रिङक्लरको लागि अति उत्तम रुपमा लिन सकिने जनाइएको छ । त्यसैगरी ट्रान्सपरेन्ट फिटिङ्स तातो चिसो पानीको लागि अति उत्तम, पारदर्शी, जडान गर्न सजिलो हुनुका साथै जडान गर्न महगो सामग्री नचाहिने, सामन्य सीपीभीसी पाईपभन्दा बलियो र बढी चाप बहन गर्नसक्ने क्षमताका हुन्छन् ।
यो उत्पादनलाई प्लम्बिङ सिष्टममा नयाँ बिकल्पको रुपमा लिन सकिने कम्पनीले जनाएको छ । दुवै उत्पादन विश्व प्रसिद्ध जापानिज सेकिसुई कम्पनीको कच्चा पदार्थ प्रयोग गरिने र आईएसओ ९००१ः२००१५ स्ट्याण्र्डडबाट बनाईने हुँदा कम्तिमा ५० वर्षसम्म टिकाउ हुने पञ्चकन्याको भनाई छ ।
पछिल्लो समय सीपीभीसी पाईप तथा फिटिङ्समा नेपाल गुणस्तर चिन्ह र भारतीय मानक ब्यूरो आईएसओ चिन्ह प्राप्त गर्ने एकमात्र पहिलो कम्पनी हुन सफल भएको छ । पञ्चकन्याले आफ्नो गुणस्तरप्रतिको प्रतिवद्धता तथा ‘सदैव विश्वासिलो’ र ‘सधै एक कदम अगाडी’ भन्ने आफ्नो मूल मन्त्रलाई व्यवहारमा उतार्ने आफूहरुको प्रण रहेको जनाएको छ ।
FACEBOOK COMMENTS