काठमाण्डौ, चैत २५ – नेपाल पत्रकार महासंघ मुस्ताङको अध्यक्षमा शुन्दर कुमार थकाली निर्वाचित भएका छन्। बुधबार भएको निर्वाचनमा थकालीले १४ मत पाएर निर्वाचित भएका हुन् । उनी संयुक्त प्यानलबाट उमेदवार बनेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी सुनदेवी रसाइलीले १२ मत ल्याएर पराजित भएकी छन् ।
त्यसैगरी उपाध्यक्षमा दुर्गादेबी रसाइलीले १४ मत पाएर निर्वाचित भएकी छन् । उनका प्रतिद्वन्द्वी आइतेलाल थकालीले ११ मत पाएका थिए । महिला तर्फको उपाध्यक्षमा तिष्णा गौचनले १४ मत पाएर विजयी भएकी छन् । प्रतिद्वन्द्वी सम्झना थकालीले ११ मत पाएकी थिइन् ।
त्यसैगरी सचिवमा सुशिलबावु थकाली (१४), सहसचिवमा समावेशी आदित्य रसाइली (१४), सहसचिवमा सरस्वती ल्वागुन (१४) ,कोषाध्यक्षमा फुलकुमारी नेपाली (१४) र केन्द्रीय परिषद सदस्यमा चन्द्रश्वर बास्ताकोटी (१५) मत ल्याएर निर्वाचित भएका छन् ।
नेपाल पत्रकार महासंघ मुस्ताङमा कुल २८ जना मतदाता रहेका छन् ।
FACEBOOK COMMENTS