अन्जनराज न्यौपाने
तनहुँ,चैत १९- स्वतन्त्र पत्रकार संघ नेपालका वरिष्ठ उपाध्यक्ष केवी सम्राट्ले १ लाख ३० हजार मुल्य बराबरको माक्स र अन्य कोरोना भाईरसबाट जोगिनकालागि उपयोगी सामाग्रीहरु ७ जिल्लाहरुमा वितरण गरेका छन्।
पशुपति अन्नपूर्ण काठमाडौंले १ लाख मुल्यबराबरको सामाग्रीहरु हस्तान्तरण गरेको छ । यसैगरी सेभ द नेशन मिडियाले ५ हजार मुल्यबराबरको सामाग्रीहरु वितरण गरेको छ भने उक्त रहात सामाग्री वितरण तथा मानव सहयोग कार्यक्रममा काठमाडौं स्थित पशुपती अन्नपुर्णा आश्रमकि मानार्थ सदस्य तथा धार्मिक अभियान्ता, समितिकी संरक्षक माता भद्रकालीले२५ हजार मुल्यबराबरका सामाग्रीहरु निशुल्करुपमा हस्तान्तरण गरेकि हुन्।
पछिल्लो समय नेपालभर मंगलबार सम्ममा १ हजार ६० जना बडीको कोरोना सम्बन्धि स्वास्थ्य परीक्षण गरिएको जनाएको छ।
मानवले विभिन्न शक्तिशालीमुलुकहरुमा अकल्पनीय तरिकाबाट कोरोना संक्रमणबाट दुखद् निधन भएको खवरहरुलाई विभिन्न संचारमाध्यमहरुमा सत्य ,तथ्य समाचार संमप्रेशण गर्दै, गराउदै सचेतना गराउने क्रममा विभिन्न ईलोकट्रोनिक र प्रिन्टमिडियाहरुमा प्रकाशन र प्रशारण गराउदै आएका स्वतन्त्र पत्रकार संघ नेपालका वरिष्ठ उपाध्यक्ष संम्राटले नेपालीका विभिन्न जिल्लाहरुमा धमाधम माक्स, सिटामोल, डिकोल्ड, सेनेटाईजर जस्ता सामाग्री हरु निशुल्करुपमा वितरण गरिएको उनले बताए ।
उनका अनुसार विश्व भर महामारीको रुपमा विकराल समस्या पैदा गर्दै आएको कोरोना संक्रमणबाट बच्नकालागि उक्त लगानीमा खरिद गरि अतिविपन्न तथा आर्थिक अबस्था नाजुक भएका लोपोन्मुख ,सिमान्तकृत चेपाङ ,तामाङ ,दरै,कुमाल,थारु,दनुवार ,माँझी समुदायहरुको घर आँगनमै पुगेर ५५ हजार बराबरको माक्स, २५ हजार बराबरको सिटामोल र डिकोल्ड तथा ५० हजार बराबरको सेनेटाइजर जस्ता अत्यावश्यक सुरक्षित अस्थायी सामाग्रीहरु वितरणगर्नै क्रममा विभिन्न जिल्लाहरुमा क्रमशः रुपन्देहि, नवलपरासी, नवलपुर, चितवन, कास्की, तनहुँ र धादिङ जिल्लाका दुर्गम स्थानहरुमा वितरण गर्दै धादिङको थाक्रे गाउँपालिका वडा नम्बर (२ स्थित सिम्लेमा सचेतना कार्यक्रम गरिरहेको सो दुखद् खवरहरुलाई विभिन्न संचारमाध्यमहरुमा संमप्रेशण गर्दै आएका छौ उनले भने ।
अति विपन्नवर्गका समुदायहरुको घरघरमा गएर हातहातमा माक्स ,सेनिटाईजर डिकोल्ड र सिटामोलको उपयोग तथा उपभोगगराउन पाउँदा आँफसलाई अतिनै खुसीलागेको उनले बताए ।
मुलुक संक्रमणकालीन अवस्थामा गुज्रिएको छ तेरो मेरो नभनी ,प्रत्येक नेपालीले काँधमाकाँध ,हातमाहात मिलाएर संक्रमणका विरुद्ध र सहयोग विहिनहरुलाई आफसी सहयोगमा जुट्न जरुरी छ बरिस्ठ पत्रकार सम्राटले भने।
हामी नेपालका बाँकी ७० जिल्लाहरुमा सहयोग सामाग्री तथा राहत सामाग्री जुटाउदै हस्तान्तरण अभियानमा हिडेका छौँ सबै मिलेर अधि बड्न अपिल गरेका थियौं सहयोगी हातहरु एकपछि अर्को गर्दै सहयोगमा जुट्नुभएको छ मानव सेवा गर्न पाउँदा हामी धेरै खुसी छौँ सम्राट्ले भने।
FACEBOOK COMMENTS