काठमाडौं, १ माघ – परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आज (बिहीबार) भारत भ्रमणमा जाने भएका छन्। उनी नेपाल–भारतको संयुक्त आयोगको छैटौं बैठकमा सहभागी हुन भारत जान लागेका हुन्। मन्त्री ज्ञवाली माघ ३ गतेसम्म भारतको भ्रमणमा रहने छन्। उनी शनिबार स्वदेश फर्किने कार्यक्रम छ।
संयुक्त आयोगको बैठकमा नेपाल–भारतको द्विपक्षीय हित प्रवद्र्धन तथा व्यापार, पारवहन, ऊर्जा, सीमा, कोभिड–१९ मा आपसी सहयोग–समन्वय, पूर्वाधार विकास, कनेक्टिभिटीलगायतका विषयमा छलफल हुने बताइएको छ।भारत भ्रमणका क्रममा मन्त्री ज्ञवालीले राजनीतिक भेटवार्ता पनि गर्ने बताइएको छ।
FACEBOOK COMMENTS