उच्च शिक्षा अध्ययानको लागि नेपाली विद्यार्थी विदेश जाने नेपालीको ट्रेन्ड बढ्दो छ । यसकै परामर्शका लगि नेपालमा करिब १५ सय जति कन्सलटेन्सी व्यवसाय हरु सञ्चालनमा छन् । कन्सलटेन्सीहरुको सेल्र्फ नियमनको लागि संगठनहरु बनाएका छन् । त्यसमध्ये शैक्षिक परामर्श संघ ( ईक्यान ) पुरानो र ठुलो संघ हो । यसले विद्यार्थी र अभिभावकको सहजताका लगि हरेक वर्ष मेला गर्ने गरेको छ । यसै सन्दर्भमा भर्खर निर्वाचित ईक्यानका अध्यक्ष विष्णुहरी पाण्डे संग बसन्त अर्याल ले गरेको कुराकानी:
हरेक वर्ष ईक्यान मेला किन आवश्यक ?
नेपालमा १३ वर्ष अगाडि पहिलो पटक हामीले शैक्षिक परामर्श मेला आयोजना ग¥र्यौ । त्यस भन्दा अगाडी अभिभावक एक एक कन्सलटेन्सी बाट परामर्श लिन त सक्थे तर एकै छाना मुनी विभिन्न कन्सलटेन्सी तथा कुटनितीक नियोेगको उपस्थितीमा सबै परामर्श पाउने ठाउँ थिएन । त्यसैले ईक्यानले यसको शुरुवात गरेको हो । नेपालमा शिक्षा संग सम्बन्धित मेला गर्ने पहिलो संस्था पनि हो । अहिले झन यस्ता मेलाको आवश्यक बढेको छ त्यसैले हामी हरेक वर्ष यस्ता मेला गर्दै आएका छौ ।
परामर्शदाताको रुपमा को को सहभागि हुन्छन् ?
मेलामा र्ईक्यान अन्तरगतका सदस्यले मात्र सहभागिता जनाउन सक्छन् । त्यो भन्दा बाहिर विदेशी कुटनीतीक नियोग , विदेशी युनिभर्सिटी तथा नेपालका कलेजहरु सहभागि हुन्छन् । ईक्यान बाहेकका कन्सलटेन्सी यसमा सहभागि बन्न पाउँदैनन् ।
मेला बाट सर्वसाधरणलाई के फाईदा हुन्छ ?
विदेश पढ्न जाने विद्यार्थी तथा अभिभावकहरुलाई एउटा कन्सलटेन्सी जाँदा एउटा किसिमको जानकारी दिईन्छ , अर्को कन्सलटेन्सी जाँदा अर्को किसिमको परामर्श दिईएको हुन सक्छ । यहाँ सबै कन्सलटेन्सी सहभागी हुने भएकाले अलमल भएको विषय त्यहि ठाउँ बाट नै क्लियर भएर जान्छ । एक अर्कोले दिएको परामर्शको अन्तर छुट्टयाउने भयो र आफ्नो ईच्छा अनुसार देश, विषय , जानकारी पाउने भएकाले यहाँ सबैले फाईदा लिन सक्छन् ।
सबै लेभलका विद्यार्थी सहभागि हुनसक्छन् ?
यहाँ प्लस टु , व्यच्लर , मास्र्टस् देखी पिएचडी सबै लेभलका विद्यार्थी सहभागी हुन सक्छन् ।
शैक्षिक परामर्श विदेश पढ्न जाने विद्यार्थीको लागि मात्र किन ?
शैक्षिक परामर्श भन्ने बित्तीकै नेपालमा, विदेशमा पढ्न जाने विद्यार्थीहरुको लागि भन्ने गरिन्छ । नेपाल भित्रका कलेजको लागि पनि यी खालका परामर्श दिन सकिन्छ । मानौ बुटवलमा रहेको विद्यार्थीलाई काठमाण्डौमा भएका युनिभर्सिटी वा कलेजको लगि परामर्श दिन सकिन्छ । त्यती मात्र होईन हामिले विदेशमा रहेका विद्यार्थीलार्ई मेडिकल स्टडीको लगि नेपाल भित्राउन सक्छौ । नेपालीहरुमा रहेको कन्लसटेन्सी भनेको विदेश पढ्न जाने मात्र बुझाई अब विस्तारै परिवर्तन पनि हुँदैछ ।
विदेशी विद्यार्थीहरु नेपालमा ल्याउन ईक्यानले के गर्न सक्छ ?
अहिले विशेषत मेडिकल र ईन्जीनियरिङ कोर्षको लागि ईक्यानका मेम्बरले विद्यार्थी नेपालमा ल्याउन शुरु गरेका छन् । यदि राज्यको तर्फ बाट राम्रो पोलिसी , राम्रा भौतिक संरचना भयो भने हामि विदेशी विद्यार्थी पनि नेपालमा भित्राउन सक्छौ । यहाँ हाम्रा कोर्ष ग्लोबल्ली रेकोगनाईज भए भने सजिलै विदेशी विद्यार्थी नेपाल भित्रन सक्छ । हामीले नेपाललाई एडुकेशन हब बनाउनु पर्छ भनेका छौ । त्यस अनुसार नै सरकारले पनि म्यानमार र थाईल्यन्डको विद्यार्थी कसरी नेपाल ल्याउन सकिन्छ भन्ने वर्क आउट गरेको देखीन्छ । त्यस्ता कुरालाई ईक्यानले पनि सहयोग गर्छ । हामी त सरकारलाई २० लाख पर्यटक मात्र होईन हामी २० लाख विद्यार्थीलाई ल्याएर पढाउन सक्यौ भने हामीलाई धेरै फाईदा हुन्छ भन्ने गरेका छौ । वायो डाईभरसिटीमा विश्वमा हामी यती फरक छौ कि प्लेनबाट आधा घण्टामा प्रचण्ड गर्मी हुने ठाउँमा जान सक्छौ त्यस्तै आधा घण्टामा एकदम हिउँ हिउँ भएको ठाउँमा जान सक्छौ ।
सरकारले के के गर्यो भने विदेशी विद्यार्थी नेपालमा आउँछन् ?
सब भन्दा पहिला भिषा सजिलो हुनु पर्यो । नेपालका जहाँ जहाँ एम्बेसी तथा कुटनितिक नियोगहरु छन् त्यहाँ एडुकेशनको सेल बनाएर त्यो देशमा प्रमोट गर्न थाल्नु पर्यो । कन्सलटेन्सी व्यवसायीहरुलाई ती देशमा जान फेसिलेटेड गर्नु पर्यो । हामी त्यहाँका कलेज तथा युनिभसिटी संग टाई गरेर विद्यार्थीलाई नेपालमा आकर्षण गर्ने खालका कुरा गनु पर्यो । हामीले विद्यार्थीलाई सेकुरिटीको व्यवस्था र हाम्रो करिकुलम ग्लोवल स्टन्डर्डको भयो भने विदेशी विद्यार्थी नेपालमा आउँछन् ।
कन्सलटेन्सीले गल्ती गर्यो भने के गर्छ ईक्यान ?
हाम्रो माताहतमा ३८८ कन्सलटेन्सी व्यवसायी छन् । यदी कुनै कन्सलटेन्सीले बदमासी गर्यो , विद्यार्थी अभिभावकलाई प्रलोभनमा पर्ने लालायीत गर्ने गर्यो भने हामी क्यनबाट निलम्बन मात्र होईन नेपाल सरकार संग मिलेर त्यो संस्था नै बन्द गर्ने गर्छौ ।
पार्टीका टेड युनियन जस्तै किन कन्सलटेन्सीका फरक फरक संगठन ?
सबैका फरक फरक सोच हुन्छ । ईक्यान भन्दा बाहिर रहेर बदमासी गर्न सकिन्छ भन्ने सोचेर पनि यस्तो हुने गरेको छ । डिसिपिलिनमा बस्नु पर्दैन की भनेर यसो गरेको पनि हामी पउँछौ । ढिलो वा चाँडो नेपालमा करिब १५ सय कन्सलटेन्सी एउटै संगठनमा बसेर काम गर्छन् भन्ने हामिलाई लागेको छ । यसलाई केहि समय लाग्छ । यो कर्यसमिती त्यसकालागी जे गर्न पनि पछि पर्दैन् ।
कन्सलटेन्सी सञ्चालक किन ठग वा दलाल कहलिन्छन् ?
सबैको ठेक्का त हामीले लिन सक्दैनौ । केहि बदमासहरु कन्सलटेन्सीको नाममा विद्यार्थी अभिभावकलाई दुःख दिएकाले कतै कतै त्यस्तो परेको हुन सक्छ । यदि कसैले गल्ती गर्यो भने कार्बाहि गर्न ईक्यान कहिलै पछि हटेको छैन । हामी पुराने संगठन भएकाले हामी नेता संगठन हौ र हामै्र पहलकदामीमा ईक्यान बाहिरका २० ओटा कन्सलटेन्सीलाई सरकारलाई भनेर कार्बाही गर्यौ । कसैको बदमासीले ठग वा दलालको आरोप लाग्ने गरेको छ । तर ईक्यान त्यसलाई हटाउन नैतिकतामा रहेर व्यवसाय गरिरहेको छ ।
तपाई भर्खर निर्वाचित भएर आउनु भएको छ , के छ उत्साह ?
यो व्यवसाय सञ्चालन गरेको १५ वर्ष भयो । लामो समय देखीनै ईक्यानमा आबद्ध छु । म कार्यसमितीमा बसेर काम गरे । हामी हिजोको भन्दा फरक भन्दा पनि हिजो गर्न बाँकी रहेका लाई पुरा गर्ने दाईत्य छ । हामी आएको साढे दुई महिनामा धेरै काम गरिरहेका छौ । त्यसको परिणम पनि छिट्टै देखिन्छ ।
कन्सलटेन्सी व्यवसाय सञ्चालन गर्न के के समस्या छन् ?
राज्यले कन्सलटेन्सी व्यवसायलाई स्टेक होल्डरको रुपमा चिनाउनु पर्छ । आजको ग्लोबल भिलेजको युगमा जहाँको विद्यार्थी पनि जहाँ गएर पढ्ने वातावरण छ । राज्यले त्यसलाई ध्यान दिनु पर्यो । सबै भन्दा महत्वपुर्ण कुरा नेपालमा करिब १५ सय कन्सलटेन्सी व्यवसाय छन् । यस व्यवसायमा कुनै विदेशी लगानी भित्राउनुको कुनै अर्थ छैन त्यसको आवश्यक छैन । अहिले नेपाली विद्यार्थीलाई विदेशमा गएर पढ्नको सहजताका लागी होस् वा अब विदेशी विद्यार्थीलाई नेपाल ल्याउन होस् हामी सक्षम छौ । त्यसकारण यस्तो पेशा व्यवसायमा विभिन्न बाटोहरु प्रयोग गरेर लुकिछिपी गरेर विदेशी लगानी भित्राई यहाँका कन्सलटेन्सी व्यवसायी धरापमा पार्ने कुरा हामीलाई सह्य छैन । नेपालको रकम विदेश जान दिनु हुँदैन । कुनै एक दुईजनाको स्वार्थको लागि विदेशी लगानी शैक्षिक परामर्शका लगि आवश्यक छैन । अरु ठूला आयोजनाको लागि आवश्यक भए पनि शैक्षिक परामर्श व्यवसाय नेपालीले नै धान्न सक्ने क्षमता छ ।
समृद्ध नेपाल बनाउन कन्सलटेन्सी व्यवसायको भुमिका के ?
पहिलो त नेपाल लाई शैक्षिक हब बनाउनु पर्छ । अहिले नेपाली विद्यार्थी विदेशका कुना कुनामा छन् ती आफै एम्बेस्डर हुन तिनीहरुले एक एक जना साथी लिएर आए भने नेपालमा लाखौ भित्रने सम्भावना छ । हामी , शिक्षा मन्त्रालय र टुरिजम बोर्डले त्रिकोणत्मक रुपमा यसमा काम गर्न सक्यौ भने नेपालको समृद्धि छिट्टै हुन्छ । जसरी अष्टिे«लिया शैक्षिक हबका कारण समृद्ध बन्यो हामी पनि बन्न सक्छौ । पहिला हामी एडमिसन काउन्सीलमा जान्थ्यो तर अहिले हामी करियर काउन्सिलङमा दिन्छौ । अब विद्यार्थी विदेशमा गएर अध्यान गर्छ त्यो सिपलाई नेपालमा ल्याएर क्यापिटलाईज गर्न सक्यो भने देश समृद्ध बन्न सक्छ । उनीहरुको अनुभव हाम्रो लागी धेरै काम लाग्छ । अब त स्थीर सरकार पनि अएको छ आशा छ सरकारले पनि यसमा राम्रो भुमिका खेल्छ ।
अन्तीममा केही ?
हामी सबै भन्दा पहिलो संगठन हौ विद्यार्थीलाई कान्सीलीङ लिदाँ ईक्यानको मेम्बर संग लिन आग्रह गर्छु । सबै कुरा कन्सलटेन्सीले गर्दिने होईन विद्यार्थी अभिभावक पनि त्यसमा चनाखो हुन जरुरी छ ।
FACEBOOK COMMENTS