अन्जनराज न्यौपाने
तनहुँ, १७ मंसिर-जिल्लाको अतिनै महत्त्वपूर्ण धार्मिक एवम् पर्यटकीय स्थल मानिने गलेखामकोट उचित प्रचारप्रसारको अभावका कारण ओझेलमा परेको छ। सदरमुकाम दमौली देखि पृथ्वीराजमार्गको कन्टार,पतेनीटार,बर्राबोट,नेपालटार मादबेसी,बार्हविसे हुँदै पुग्नसकिन्छ । गलेखामकोट सदरमुकाम दमौली १६ कि.मि उत्तर- पश्चिम मा पर्दछ। गलेखामकोट जादै गर्दा सागेफाटको हरियाली बाटो साथै जङ्गलको बीच भागमा रहदा अतिनै रोमान्चकताको महशुस हुन्छ ।
गलेखामकोटमा नेवार समुदायको बाक्लो बस्ती क्षेत्र र बाहुल्यता रहेको छ । यस स्थानमा पर्यटकहरुलाई टाढा टाढाका प्राकृतिक संम्पदाहरुलाई नजिकैबाट नियालेर हेर्न मिल्ने भ्यु टावरको निर्माण गरिएको छ। उक्त भ्यु टावरबाट विभिन्न छिमेकी जिल्लाहरु लम्जुङ,स्याङ्जा , गोर्खा र कास्कीका स्थानहरु सजिलै देख्न सकिन्छ। यहाँ आन्तरिक एवम बाहय पर्यटकहरुका लागि खान र बस्नका लागि उचित ब्यबस्था रहेको छ । किनकी पर्यटकहरुका लागि सविधायुक्त आरामदायी ४ कोठे पक्की आवास भवन निर्माण गरिएको छ।
युवा सफल ब्यबसायी सरोज भण्डारी भन्छन, ‘बिहानीको सुर्यदय हेर्नका लागि गलेखाम कोटमा पर्यटकहरु आउने गरेका छन् भने सो कोट बाट बेसी तिर देखिने बादल अझ मनमोहक देखिन्छ, बिहानी सुर्य उदयको समयमा मोती जस्तै टल्कने हिमाल हेर्नका लागि पनि पर्यटककालागि उपयुक्त स्थान बनेको छ‘ । ‘गलेखामकोट जीवनमा १ पटक अवश्य पुग्नै पर्ने ठाउ हो’ भण्डारी भन्छन् । यस कोटभैरबीको मन्दिर समेत विराजमान रहेको देख्न सकिन्छ ।
देवीसँग आफुले चाहेको कुरा माग्दा मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको छ। पर्यटन प्रवर्द्धन र मनोरम दुश्यावलोकनकाका हिसाबले पनि अति उपयुक्त स्थानको रुपमा गलेखामकोट लाई लिने गरिएको छ।
FACEBOOK COMMENTS